अर्गली पाल्पाका युवा कलाकारमा आधारित रहेर “बंगलादेशि मिडियाले बनायो डकुमेन्ट्री ”

पाल्पा जिल्लाको तानसेन अर्गलीमा बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेको सन्तानका रुपमा जन्मेका दुर्गाराज पाण्डे नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।

चलचित्र ‘फिक्का’मा नायकको भुमिकामा देखीएका पाण्डेको चर्चा यसकारण पनि भएको छ कि मार्सल आर्टका खेलाडी रहेका उनि सञ्चारकर्मी, मोडल र हाँस्य कलाकार समेत हुन् साथै कार्यक्रम प्रस्तोताका रुपमा नेपालका बिभिन्न जिल्लाका दर्शकको रोजाईमा पनि छन् । कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क रिटन्र्समा डिसपी खत्रिको रुपमा परिचित पाण्डे रेडियो कान्तिपुरका आर जे समेत हुन् ।

बर्षमात्र ईजिप्टमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगीतामा नेपालका तर्फवाट सहभागिता जनाएर सिल्भर मेडल जितेपछि खेलकुद जगतमा पनि उनको खुविलाई ईज्जतका साथ लिईन्छ ।पोखराका स्रोतामाझ पनि गोर्खाली रेडियो र बिग एफएममा कार्यक्रम प्रस्तोता भएर श्रोताको मन जितिसकेका छन् ।

यतिबेला पाण्डेको एक बायोग्राफिक डकुमेन्ट्री बंगलादेशको एक युटुव च्यानलले प्रकाशन गरेको छ ।

उक्त बायोग्राफिक डकुमेन्ट्रीक भिडियो सार्वजनिक भएसँगै पाण्डेले फेसवुक मार्फतआर्थिक प्रगति हुन सक्ने क्षेत्रलाई बलीदान दिएर लागीपरेकोले आफु सफल भएको बताएका छन् हेर्नुस पाण्डेको फेसबुक स्टाटस र बायोग्राफिक डकुमेन्ट्री ।

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ