आज – २७ पौष २०७४ बिहिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथीको आगमन हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । प्रेममा बाधाका साथै काम विग्रिनेछ । बिवाद एवं चिन्ता बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा रहला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । अविश्वाश उत्पन्न हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक क्षेत्रमा सङ्कट आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मुल्याङन हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा विवाद आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको धन हात पर्ला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेममा मधुरता छाउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।

-ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ