आफू विरुद्ध अनलाइन मिडियामा फैलाइएको अफवाह प्रती हरि भट्टराईको आपत्ती।

रिडि, आषाढ२६। विभिन्न अनलाइन मिडियाहरुमा मन्त्रीसँगको फोटो देखाउँदै ठगी गर्ने यी हुन हाइप्रोफाईल ठग’ शीर्षकमा छापेको समाचारप्रति हरि भट्टराई द्वारा गम्भीर आपत्ति व्यक्त गरिएको छ।

म नेपाल भ्रमण गएको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गोकर्ण विष्टलाई भेटेर श्रम बजारको अवस्था र भविष्यमा गर्नुपर्ने कामहरुबारे छलफल गरेको थिए। र सोही समयमा खिचिएको तस्बिर मेरो फेसबुकमा पोस्ट गरेको थिए। सोहि फोटो झिकेर बिना आधार समाचार बनाइएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। उहाँले कसैले व्यक्तिगत रिसिवी साँध्न समाचार लेखाएको बताउनु भएको छ।

‘म विगत केही वर्षदेखि मलेसियामा आफ्नै व्यवसाय गर्दै आएको छु । मलेसिया नेपाली श्रम बजारको महत्वपुर्ण गन्तब्य हो र एक व्यावसायिको हैसियतले नेपाली श्रमिकहरुले झेल्नुपरेको समस्या समाधानको लागि बेलाबेलामा सहजिकरण भुमिका समेत निर्वाह गर्ने गरेको छु। यस्तो अबस्थामा म प्रती लगाइएको आरोपले आफू लाई अत्यन्तै दुखी बनाएको छ, उहाँले भन्नू भयो। यस्ता झुठो आरोप लगाउने मिडियाहरु प्रती साइबर क्राइम अन्तर्गत कार्वाहीका लाहि कानुनि प्रकृयामा लागेको समेत बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ