ऐतिहासिक उपलब्धी चुम्याे नेपालले, पहिलो पटक एकदिवसीय खेल खेल्ने

पपुवा न्यूगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाएका छन् र डिभिजन टूमा घटूवा भएका छन् ।

काठमाडौं । नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।

 

नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । नेपालले एकदिवसीय मान्यता पाएसँगै अार्इसिसिले अाफ्नाे ट्वीटर ब्याकअफ फाेटाे पनि नेपाली खेलााडीकै बनाएकाे छ ।

 

आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन् ।

नेपाल अहिलेसम्म एशोसिएसट टिम मात्र हो । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ । तर, ओडीआई स्टाटस मात्र सबै कुरा होइन । नेपाली क्रिकेटको घरेलु संरचना बलियो छैन भने क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ ।

त्यसैले क्रिकेट संघको विवाद सल्टाएर घरेलु संरचना बलियो नबनाएसम्म ओडीआई स्टाटसबाट पर्याप्त लाभ लिन सकिन्न ।

यू-१९ टोलीका प्रशिक्षक एवं पूर्वकप्तान विनाद दास यसलाई नेपाली क्रिकेटले पाउको अहिलेसम्मको ठूलो उपलब्धी मान्छन् । उनले भने, ‘खेलाडीहरुले जे गर्नु पर्ने थियो गरेर देखाए । अब बल एडमिनिस्ट्रेसनको हातमा छ । आश गरौं, सबै समस्या समाधान हुन्छ र एउटा सक्षम क्रिकेट बोड अगाडि आउँछ ।’

पपुवा न्यूगिनी र हङकङले गुमायो

विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये तीनले एक दिवसीय मान्यता पाउनेछन् भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछन् । सुपर सिक्समा पुगेका स्कटल्याण्ड र यूएईले एकदिवसीय मान्यता पाइसकेका छन् । बिहीबार नेपालले पनि पक्का गरेको छ ।

पपुवा न्यूगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाएका छन् र डिभिजन टूमा घटूवा भएका छन् ।

  • नेपाल आज
प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ