क्यान्सर उपचारमा नौलो आयाम– नेपालमै सुरु भयो ‘टोटल बडी इरेडियसन’

काठमाडौं- नेपालमा पहिलो पटक पूरै शरीरको रेडियोथेरापी गरिएको छ। प्राविधिक भाषामा ‘टोटल बडी इरेडियसन’ (टिबिआई) भनिने यो विधि प्रयोग गरेर रक्त क्यान्सर भएका बिरामीलाई बोनम्यारो ट्रान्स्प्लान्टका लागि तयार गरिन्छ। निजामती कर्मचारी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न तयारीमा रहेकी एक महिलालाई नालारोड ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा टोटल बडी इरेडियसन गरिएको अस्पतालले जनाएको छ। क्यान्सर सेन्टरमा रहेको आधुनिक लिनियर एक्सिलिरेटर (एलआइएनएसी) मा उपचार गरिएको थियो।

यसरी पूरै शरीरको रेडियोथेरापी एकै पटक गर्न थालिएपछि अब बोनम्यारो ट्रान्स्प्लान्ट गर्ने तयारीमा रक्त क्यान्सरका बिरामीलाई अत्याधिक मात्रामा क्यान्सरका औषधि प्रयोग गर्न जरुरी नहुने निजामती अस्पतालका रक्त क्यान्सर विशेषज्ञ डा विशेष पौडेल बताउँछन्।

२ वर्षअघि भक्तपुरको ताथलीमा स्थापित काठमाडौँ क्यान्सर सेन्टरले छोटो समयमै नवीनतम रेडियोथेरापी प्रविधिहरु प्रयोग गरेर क्यान्सरका बिरामीको सेवा गरिरहेकोमा अब टोटल बडी इरेडियसन गरेर लिम्फोमा, माइलोमा, अप्लास्टिक एनिमिया र रक्त-क्यान्सर बिरामीको बोनम्यारो ट्रान्स्प्लान्ट गर्न निकै सहज हुने क्यान्सर रोग विशेषज्ञ डा सुभाष पण्डितले बताए।

टिबीआईलाई प्राविधिक रुपमा जटिल प्रक्रिया मानिन्छ। यो प्रक्रिया भारतमा पनि केही अस्पतालमा मात्र हुने गर्छ। चिकित्सक, भौतिकिविज्ञ र प्राविधिक टोली सदस्यको दक्षताका कारण मात्र यो प्रक्रिया काठमाडौं क्यान्सर सेन्टरमा गर्न सकिएको अस्पतालका रेडिएसन अन्कोलोजिस्ट डा सिमित सापकोटाको भनाइ छ।

टोटल बडी इरेडियसन

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ