ज्ञाननिष्ठ ज्ञवालीका दुई कृति माथि परिचर्चा

काठमाडौ, जेस्ठ १ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका दुई कृति “शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन ” र “शिव एक रूप अनेक “माथि परिचर्चा कार्यक्रम भयो । लेखक कमल रिजाल ,समालोचक डा•रामप्रसाद ज्ञवालीले कृतिहरू पूर्वीय दर्शनका कसीमा राखेर अध्ययन गरेको धारणा व्यक्त गरे । पूर्वसचिव कृष्ण ज्ञवाली , आख्यानकार भागिरथी श्रेष्ठ र गीता केशरीले लेखक ज्ञवालीलाई शुभकामना दिए । सोही अवसरमा कवि हेमनाथ घिमिरेको “देशको माटो “कवितासङ्ग्रहको लोकार्पण सामूहिक रूपमा गरियो । कवितामाथि ज्ञाननिष्ठ ज्ञवाली र रामबाबु सुवेदीले समालोचनात्मक धारणा राखे । कार्यक्रम सिसार साहित्य प्रतिष्ठानले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ