दशैं: लघु कथा

उता ल्हासामा भेँडी, च्यांग्री र बाख्रीहरु सिंङ र दाह्री हल्लाउ‘दै काठमाडौं दशैं मनाउन गएका आफ्ना छोरा, खसम, र प्रेमीकाहरु बारे बात मार्न थाले ।

काठमाडौंबाट ल्हासा खबर पुग्यो – दशैं आयो । भेँडा, च्यॉग्रा, खसी, बोका जे छ, तुरुन्त चाहियो ।

ल्हासामा हल्ला चल्यो – काठमाडौंमा दशैं आयो रे ! मानिसहरु गाउ‘गाउ‘ दौडे– खसी, बोका, भेँडा, च्यॉग्रा खोज्न । तिनले सस्तो, मह‘गो जस्तो पाइन्छ भेँडा च्यॉग्राहरु बटुले र ल्हासातिर लगे ।

काठमाडौंबाट खटिएका मानिसहरुले ल्हासामा गाउ‘ गाउ‘बाट ल्याइएका भेँडा, च्यॉग्रा, खसी, बोकाहरु रोजीरोजी किने । लामा लामा सिङ भएका, मोटाघाटा, बलिया बॉगा रोजे । छाती नापे, टाउको नापे, खुबै जोखे । मानौं, काठमाडौंमा दशैं हैन, लडाई हुन लागेको छ र धेरै मासु भएका भेँडा बोका हैन, हान्ने, लड्ने, भिड्ने भेँडा, बोका चाहिएको छ कि जस्तो गरी तिनले रोजे ।

रोज्दा रोज्दा पॉच हजार बोका भेँडा रोजे । अनि लडाईंको मोर्चातिर बढिरहेको फौज जस्तै गरी पॉच हजार भेँडा, खसी, बोका, च्यांग्राको बथान पहाड, मैदान, भीर, पहरा हुदै संगीन जस्ता तीखा सिङ हल्लाउ‘दै, खुट्टा बजार्दै र धुलोको बादल उडाउ‘दै काठमाडौतिर  लाग्यो ।

ल्हासाबाट काठमाडौं खबर पुग्यो– दशैंको लागि तिब्बतबाट पॉच हजार भेँडा च्यांग्रा काठमाडौं आइ पुग्दैछन् । कसैले भन्यो, “हात्तीको मुखमा जीरा !” तर हैन यसपाली त थप पॉच हजार मधिसे बोका भारतबाट पनि आउ‘दैछ रे । गाउ‘घरका बूढापाकाहरु, जो खसी बोका शहरमा बेचेर दशैं खर्च टार्ने शुरुमा थिए, उनीहरु चिन्तित भए — अब हाम्रा खसी बोका कहॉ बिक्लान् ? दशै खर्च कसरी चल्ला ?

डन क्विक्जटले शत्रुदल संम्झिएर हमला गरिएको भेडाको बथान भन्दा पनि ठूलो पाँच हजार भेंडा च्यॉग्राको बथान लाइट ब्रिगेडका अनुशासित जवानहरुझैं फौजी अनुशासनलाई शिरोपर गर्दै काठमाडौंतिर लागे । उनीहरुको मनमा कुनै शंका थिएन । हामी कहॉ जॉदैछौ ? किन जॉदैछौं ? कसलाई खुशी पार्न जॉदैछौं ? कसको स्वार्थको निम्ति जॉदैछौं ? इत्यादि कुराको उनीहरुलाई केही चासो थिएन ।

बिचरा ती भेंडाहरु बाटोको दायॉ बायॉ उम्रेका हरिया घॉस चर्दै, अगाडि झन कलिलो र स्वादिलो घॉस खान पाइन्छ भन्ने क्षणिक लोभमा ज्यान गुमाउन अगाडि बढिरहेका थिए । काठमाडौंको दशैं अरु रमाइलो पार्नु नै उनीहरुको सर्वेत्तम उपलब्धि हुने भएको थियो । यस बापत उनीहरुले के पाउ‘थे ? वीरताको पदक ? हैन । तिब्बतका भेंडाहरु बडो स्वादिला र कसिला हुन्छन् भन्ने प्रचार र आगामी दशैंमा झन बढी भेंडाहरुको माग हुन सक्थ्यो ।

जेहोस्, ती अनुशासित भेंडाहरु डॉडा, पखेरा, लेक, बेसी नाध्दै अनेक बिध्न बाधाहरु झेल्दै पुगे काठमाडौं । महाभारतको कुरुक्षेत्रमा झैं उनीहरुलाई टु‘डिखेल मैदानमा तैनात गरियो. उनीहरु सुनको गजूर भएको धरहरालाई देखेर खुशी भए । धरहराबाट बिगुल बज्नेबित्तिकै उनीहरुको जीवन लीला सकिने छ भन्ने कुरा उनीहरुलाई के थाहा !

दशैंमा हजारौं भेँडा, च्याँग्रा, खसी, बोका, राँगा, पाडा, हाँस, कुखुराको रगतले काडमाडौं रक्ताम्य भयो । मानिसहरुले मात्र हैन ढुंगा, धातुका मूर्ति, साइकल, रिक्सा, कार, बसदेखि लिएर बोइङ्ग बिमानसम्म रगतले रंगिए । काठमाडौं रगतको दुर्गन्धले प्रशन्न यो । दशैं गयो ।

उता ल्हासामा भेँडी, च्यांग्री र बाख्रीहरु सिंङ र दाह्री हल्लाउ‘दै काठमाडौं दशैं मनाउन गएका आफ्ना छोरा, खसम, र प्रेमीकाहरु बारे बात मार्न थाले ।

थोपा थोपा लघुकथा संग्रहमा प्रकासित विनय कुमार कसजूको लेख

 (प्रकासन मिति: २०५७)

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ