धोक्रो बोकेर अस्पताल पुगेका ओबामाबाट केही सिक्ने कि !

एजेन्सी ।मानिसहरु त्यतिबेला अचम्ममा परे जब उनीहरुले आफ्ना पुर्व राष्ट्रपतिलाई धोक्रो बोकेर हिडिरहेको देखे ।

यो घटना अमेरिकाको वासिंटन डीसीस्थित चिल्ड्रेन नेशनल अस्पतालको हो । धोक्रो बोकेर अस्पताल पुगेका पूर्व राष्ट्रपति बाराक ओबामा हुन् ।

उनी क्रिसमसको अवसरमा उपचाररत बालबालिकालाई उपहार आँफै बोकेर अस्पताल पुगेका हुन् ।

वासिंटन पोष्टका अनुसार ओबामाले झण्डै ९० मिनेट अस्पतालमा बिताएका हुन् । उनले बच्चाहरुलाई उपहार दिने, फोटो खिचाउने तथा उनको स्वास्थ्य अवस्थाका बारेमा उनका अविभावक तथा नर्सहरुसँग साक्षत्कार गरेका हुन् ।
अमेरिका जस्तो शक्तिशाली देशमा २ पटक राष्ट्रपति निर्बाचित ओबामाको यो सामान्य जिवनशैली सामाजिक संजालहरुमा भाईरल भएको छ ।

हाम्रो जस्तो आलिशान जिवन शैली रुचाउने नेताहरुले पनि केही सिक्ने कि ?

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ