नव निर्मित चलचित्र कन्फ्युज टिम द्वारा धिरज लाई आर्थिक सहयोग

रिडि,जेष्ठ २२। निर्माण सम्पन्न भइ रिलिजको प्रतिक्षामा रहेको नेपाली कथानक चलचित्र कनफ्युज को टोलिले धिरजको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। धिरजको उपचार सहयोगार्थ हिजो रिडि बसपार्कमा प्यानोरामा मुभिजको ब्यस्नरमा निर्मित चलचित्र कनफ्युज को विशेष च्यारिटी शो को आयोजना गरिएको थियो। रिडिका युवा खगेन्द्र सुबेदिको विशेष प्रस्तुती रहेको उक्त चलचित्र हेर्न स्थानीय वासिको ठुलो जमघट भएको थियो। उक्त शो बाट प्राप्त भएको मुनाफा रकम ५ हजार ५५ रुपैया टिम युनिटले आज लाइ हस्तान्तरण गरेको छ। चलचित्रका निर्माता कृष्णश्री काफ्ले, निर्देशक बिबेक थापा र कलाकार खगेन्द्र सुबेदिले संयुक्त रुपमा अभियानका संचालक सुन्दर कसजू लाई हस्तान्तरण गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ