नेपालको आइसिटी क्षेत्रका सिएन उपाध्यायको निधन

नेपालको सूचना सञ्चार प्रविधि क्षेत्रमा लामो समयदेखि क्रियाशील सिएन उपाध्यायको निधन भएकाे छ । उनकाे ५७ वर्षको उमेरमा निधन भएको छ ।

बिहान एक कार्यक्रम सकेर फर्कदै गर्दा बाटोमा लडेका उपाध्यायको टाउकोमा गम्भीर चोट लागेपछि भक्तपुरको इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।

अस्पतालले ११ बजे उपाध्यायलाई मृत घोषित गरेको हाे । उपाध्याय अाइटी बाबाकाे रूपमा परिचित थिए । उनी २५ वर्षदेखि नेपालको सूचना प्रविधि क्षेत्रकाे विकास र विस्तारमा अनवरत क्रियाशील थिए ।

कम्प्युटर व्यवसायीको रुपमा यो क्षेत्रमा आएका उनी कम्प्युटर एशोसिएन अफ नेपाल (हालको क्यान महासंघ)का संस्थापक सदस्य हुन् ।

नेपालमा पहिलो पटक सूचना प्रविधि एक्स्पो सुरु गर्न उनले महत्वपूर्ण योगदान दिएका छन् । आइसिटी एशोसिएन अफ नेपालको सहसंस्थापक एवं कोषाध्यक्ष समेत रहेका उनी नेकपा एमालेका सक्रिय कार्यकर्ता समेत थिए । उनी आधादर्जनभन्दा बढी संघसंस्थामा क्रियाशील थिए ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ