नेपाल-चीन सम्बन्धमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पैचिङस्थित चीनका लागि नेपाली दूतावास र बेजिङ फरेन स्टडिज युनिभर्सिटीले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल-चीन सम्बन्धः विकास र समृद्धिका सम्भावनाहरू’विषयक कार्यक्रममा सम्बोधन गर्नु भएको छ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनमा पहिले भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजान र एक बाटो एक पाटो अवधारणामा भएको समझदारीलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। साथै यस चीनको एक बाटो एक पाटो परियोजनाले साझेदारी र हातेमालो गर्न प्रचुर अवसरहरु सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि चिनिया राष्ट्रपति सी चिनफिङलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। साथै प्रधानमन्त्री प्रचण्डले प्राचिन कालदेखि जोडेको सम्बन्धलार्इ अब आर्थिक रूपमा बढाउनुपर्ने पनि बताउनुभयो।
यसै कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले बेजिङ फरेन स्टडिज युनिभर्सिटीअन्तर्गत नेपाली भाषा केन्द्रको उद्घाटन गर्दै विश्वमा नेपाल र नेपाली भाषालार्इ परिचित बनाउन यसबाट सहयोग पुग्ने बताउनुभयो।
उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफ्नो मन्तव्य क्रममा चीन नेपाल बीचको सम्बन्ध र सहकार्यमा प्रचुर सम्भावना रहेको बताउनुभयो।
उक्त विश्वविद्यालयका अध्यक्ष फङ लोङले दुर्इ मुलुकबीचको सम्बन्ध प्राचिनकालदेखि मित्रवत् रहँदैआएको बताउनुभयो। साथै उहाँले चीन र नेपालबीचको आदानप्रदान बढाउनका लागि यस केन्द्रले अझै ठूलो योगदान दिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ