पाल्पामा बस दुर्घटनामा २६ जना घाइते, ४ को अवस्था गम्भिर

रिडि, आषाढ२८ । पाल्पाको भालेबास नजिकै यात्रुबाहक बस खोलामा खसेको छ । बिहिबार बिहान तानसेन नगरपालिका–७ भालेबासमा लु १ ख ७२७२ नं को बस खोलामा खस्दा २६ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ