पाल्पामा भएको मोटर साइकल दुर्घटनामा पाल्पा रिडिका कृष्ण पुनको मृत्यु

रिडि, साउन५। तानसेन नगरपालिका८, डुम्रेचोकमा मोटरसाईकल र जीप जुध्दा मोटरसाईकलमा सवार एकको मृत्यु भएको छ । साँझ ७ः१० मा भएको दुर्घटनामा परि तानसेन नगरपालिका–१४ रिडीका २२ वर्षीय कृष्ण पूनको मृत्यु भएको छ । पूनको लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए । दुर्घटना परि तानपा–१४ रिडीकै मोटरसाईकल चालक २९ वर्षीय विनोद थापा गम्भिर घाईते भएका छन् ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ च ४०८० नम्बरको जीप र तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १९ प ७०२१ नम्बरको मोटरसाईकल एक आपसमा जुधेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते थापाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

समाचार श्रोत: सेरोफेरो न्युज

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ