प्रमुख प्रशासकीय अधिकृत गौतम सम्मानित

गौतमको पुख्र्यौली थलो गुल्मीको अमरपुर हो ।

माधव अधिकारी काठमाडौँ,

नागार्जुन नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मी पाण्डेय गौतमलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ ।विगत १५ वर्षदेखि निजामती सेवामा रही इमान्दारी,समर्पण र लगावका साथ निःस्वार्थ रुपले सेवा प्रदान गरेकोमा गौतमलाई पदक,सम्मान पत्र र दोसल्ला सहित नगरपालिकाको आ.व. २०७५।०७६ नीति,कार्यक्रम तथा बजेट सार्वजनीनिकीकरण समारोहमा सम्मान गरिएको हो ।गौतमको पुख्र्यौली थलो गुल्मीको अमरपुर हो ।
त्यसैगरी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखा प्रमुख कञ्चन खनाल,शहरी तथा भवन निर्माण शाखा प्रमुख शम्भुराज श्रेष्ठ र वडा सचिव सुमा केसी सेवा पदकबाट सम्मानित भएका छन् । दोश्रो नगरसभाको निर्णयानुसार उत्कृष्ट कार्यसम्पादन गरेवापत प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ