प्राचीन कालमा रिडि सुरक्षा, सामरिक र धार्मिक दृस्टीले महत्वोपुर्ण नाका थियो

सात साल अघि रैतिहरुले जुनसुकै बेला पनि सरकारी काम गर्नु पर्थ्यो। सिपाही वा सैनिकहरुले गर्न नसकेको नभ्याएको कामहरुमा रैतिहरु लाई कज्याइन्थ्यो र यसरी कज्याउने काम लाई झारा भनिन्थ्यो।

सरकारी रकम धातुको सिक्का लाई बोकेर जानू जसलाइ तोडा बोक्नु भनिन्थ्यो देखि लिएर हाकिम आउदा बाटो खन्ने, स्वागत गर्नु र ज्यानमारा अपराधिहरु लाई बाँसको कोर्कोमा राखेर एक ठाउँ बाट अर्को ठाउँमा पुर्याउने काम झारा बाट गराइन्थ्यो। जनताले आफ्नै माना खाएर सरकारी काम गर्न पर्थ्यो, नाइनास्ती गर्न पाइन्थ्यो।

तर रिडि बजारका नेवारहरु लाई यो झारा बाट मुक्त गराइएको थियो। नेवारहरुले तोडा बोक्ने, ज्यानमाराहरु लाई कोर्कोमा राखेर बोक्ने, बाटो खन्ने इत्यादि काम गर्न पर्दैन थियो। तर यश बापत रिडिका नेवारहरुले एउटा विशेष काम गर्न पर्थ्यो- त्यो हो बागियानहरुको बाटो ढुक्ने काम। नेपालमा मोटरको बिकास नभएसम्म रिडि बजार पुर्व पश्चिम र उत्तर दक्षिणको यातायातको नाका मानिन्थ्यो। उसै बेला त्यहा छोटी हुलाक थियो। पुर्व पश्चिम् उत्तर दक्षिणका चिठ्हरु त्यही बाट भएर दिशा पाखा लाग्थ्ये। त्यो पुरानो हुलाकी बाटोको नाकानै थियो। अर्को तर्फ बाट तिब्बत बाट ढोरपाटन हुँदै भारत पस्ने सबै भन्दा नजिकको बाटो रिडि भएरनै थियो। यो बाटोमा ठूलो खोला नभएको हुँदा भारी बोकेका खच्चर गधा घोडाहरु भारत देखि तिब्बत सम्म बिना रोकावत पुग्न सक्थ्ये।

रिडि धार्मिक स्थल भएको हुँदा जोगि जालन्धर लगायत विभिन्न भेषमा बागियानहरु र बिदेशिहरु पनि आउथ्ये।

यसप्रकारले रिडि सुरक्षा , सामरिक र धार्मिक दृस्टीले र बागियानहरु लाई नियन्त्रण गर्ने दृस्टीले महत्वोपुर्ण नाका थियो।

त्यसबेला काठमाडौं पोखरा तिर जान रिडिको कालीगण्डकी तरेर जान पर्थ्यो। पुल थिएन र डुङ्गा चढ्नु पर्थ्यो। डुङ्गा चलाउने काम हालको स्याङ्जा जिल्लामा पर्ने कालिपारका मगरहरुले गर्थे। तर डुङ्गाको नियन्त्रण अर्थत कति बेला चलाउन दिने, कसको जिम्मा दिने, कसले डुङ्गा चलाउने, को को आए गए भन्ने लेखजोखा राख्ने जिम्मा रिडि बजारका नेवारहरुको थियो। कोहि अपरिचित वा अवाञ्छित वा वागिहरुले नदि तर्न नपाउन भनेर सुरक्षाको दृष्टिले यो बन्दोबस्त गरिएको थियो। यहि जिम्मा बोके बापत रिडि बजारका नेवारहरु लाई झारा टंटा बाट मुक्त गरिएको थियो।

डुङ्गा र डुङ्गा तर्ने ढाटको नियन्त्रण गर्न एउटा समिती बनेको थियो। जसलाइ गुठी भनिन्थ्यो र त्यही गुठिले पालो तोक्थ्यो, कसले कहिले ढाट कुर्ने भनेर।

यहि गुठी लाई रिडिमा सिठी नख गुठी भनिन्थ्यो। जसको वार्षिक सभा हरेक वर्ष जेष्ठ महिनामा कुमारषष्टिको दिन सिठ्ठी नख पुजाको रुपमा मनाइन्छ।

(२०५१ जेष्ठ २७ गते शुक्रवार प्रकासित सत्य साप्ताहिकका लागि सम्पादक बिनय कसजू द्वरा लिखित लेख)

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ