फुटबल प्रतियोगिताको समापन समारोहमा सहभागी हुन समाजिक बिकास मन्त्री सुदर्शन बराल रिडि आउदै

 

रिडि, साउन२०। सप्तचण्डी महिला समुह, रिडिको आयोजनामा गत १७ गते बाट रिडिमा जारी खुला फुटबल प्रतियोगिताको भोलि २१ गते हुने समापन समारोहमा सहभागी हुन प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल रिडि आउने भएका छन। उहाँले रिडिमा फाइनल खेलको अबलोकन गर्नु हुने छ भने प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुनु हुने छ।

गएको तीन दिन देखि जारी खुल्ला फुटबल प्रतियोगितामा विभिन्न स्थानका १२ वटा फुटबल टिमहरु सहभागी भएकोमा भोलि हुने फाइनल खेलमा गुल्मी युनाइटेड तम्घास र रिडि फुटबल टिम भिड्ने छ। प्रतियोगिताको बिजेताले २० हजार नगद तथा ट्रफी प्राप्त गर्ने छ। कार्यक्रम भोलि दिनको २ बजे रुरु क्षेत्र खेल मैदानमा हुने छ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ