बुटवलमा द लेबल क्लासिले सुरु गर्यो अनलाइन सपिङ्ग ।

बुटवल,। अनलाइन सपिङले व्यावसायिक रुप लिदै गर्दा बुटवलमा द लेबल क्लासीले अनलाइन तथा रिटेल सपिङको सुरुवात गरेको छ। घटस्थापनाको अबसर पारेर गत बुधबार बुटवलको ज्योति पथमा उक्त स्वरुमको उदघाटन गरिएको छ।

बुटवल उपमहानगरपालिकाका ६ न वडाका वडाध्यक्ष जगदिश आचार्यले उक्त स्वरुमको रिबन काटी उदघाटन गर्नु भएको छ। उदघाटन पछि बोल्दै आचार्यले प्रबिधिको प्रयोग गर्दै ब्यबसाय संचालन गर्नु समयको माग हो भन्दै उहाँले स्वरुमको सफलताको कामना गर्नु भयो। त्यसै गरि लेबल क्लासिका संचालक गुणदेव कुँवरले अनलाइन व्यावसायको भबिश्य अझ उज्वल भएको भन्दै आउने दिनहरुमा ब्यबसायमा थप लगानी गर्दै उपभोक्ता थप सेवा दिने बताउनु भयो

स्वरुममा बच्चा देखि बृद्ध सम्मका लागि अन्तरास्ट्रिय ब्राण्डका उत्पादित कपडाहरु उपलब्ध रहेको छ। ब्राण्ड लाई निकै ध्यान दिएका छौ प्रबन्धक विशाल कुँवरले भने – उपभोक्ताले अनलाइन मार्फत स्वरुममा उपलब्ध कुनै पनि ब्राण्डका सामान खरिद गर्न सक्ने छन। साथै स्वरुममै आएर पनि कपडाहरु खरिद गर्न सक्ने छन।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ