माइती देशको पिडामा मल्हम लगाउन आए रिडि का चेलिहरु।

 

रिडि, साउन५। आफ्नो माइती देश अर्थात रिडि मा गत आषाढ २५ गते पहिरोका कारण घरवार गुमाएका पिडितहरुको पिडामा मल्हम लगाउने उद्देश्यका साथ रिडि माइत तथा घर भइ रुपन्देहीमा रहदै आएका महिला दिदिबहिनिहरुले आज राहत बितरण गरेका छन। गत ७४ साल भद्र १ गते रुपन्देहीको बुटवलमा स्थापना भएको रुरु मिलन केन्द्र नामक महिला दिदी बहिनिहरुको संस्थाले आज पहिरो पीडित २ घर तथा सोही स्थानमा शौचालय भत्कदा घाइते कृतार्थ अधिकारीको परिवार लाई राहत उपलब्ध गराएको छ।

संस्था द्वारा रिडिमा आयोजित औपचारिक कार्यक्रममा पिडित प्रमोद श्रेष्ठ लाई ६ हजार बराबरको खाद्यान्न तथा १० हजार ५ सय रुपैया नगद, अर्का पीडित डम्बर थापा लाई ६ हजार बराबरको खाद्यान्न तथा नगद ५ हजार रुपैयाँ उपलब्ध गराएको छ। त्येसैगरी घाइते कृतार्थको परिवार लाइ उपचार खर्च स्वरुप २० हजार नगद उपलब्ध गराइएको छ। संस्था कि अध्यक्ष राधा भट्टराई ज्ञवाली तथा जिल्ला समन्वय समिती कि उपाध्यक्ष तुलसी श्रेष्ठ द्वारा संयुक्त रुपमा पिडिहरु लाई राहत हस्तान्तरण गर्नु भएको थियो।

राधा भट्टराई ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिती कि उपाध्यक्ष तुलसी श्रेष्ठ तथा बिशेष अतिथिमा रुरु गापा १ न वडाध्यक्ष राम लाल बिक तथा पुर्ब रुरु गाबिस अध्यक्ष केशर मान बजिमय रहनु भएको थियो। संस्था कि सचिब जमुना सुबेदिले संचालन गर्नु भएको कार्यक्रममा रिडिका विभिन्न संस्थाका प्रमुख, पत्रकार तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो।

रुरु मिलन केन्द्रको स्थापना र उद्देश्य:

रिडि बजारमा जन्म तथा कर्म घर भइ हाल रुपन्देहीमा बसोबास गर्दै आएका महिला दिदिबहिनीहरुले समाज रूपान्तरणका लागि रुरु एकता को नारा दिदै रुरु मिलन केन्द्र रुपन्देही नामक संस्थाको स्थापना गरेका हुन। राधा ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय संस्था गठन गरिएको छ। स्थापनाको झन्डै १ वर्षको अबधिमा रिडि घर भइ बुटवल तथा असपासको स्थानमा बसोबास गर्दै आएका झन्डै ६० भन्दा अधिक महिला दिदिबहिनीहरु यो संस्थामा आबद्ध भइसकेका छन।

संस्थाले सदस्यहरुको आबद्धता मात्र नभइ विभिन्न सामाजिक गतिबिधिहरुमा संलग्न भइरहेको छ। गत वर्ष वर्षाको समयमा रुपन्देहीमा बाढी पीडितहरुका लागि सहयोग स्वरुप बुटवल उपनगरपालिका लाइ २५ हजार रुपैया नगद हस्तान्तरण गरेको छ। त्यस्तै रिडिका युवा सुदिप पाण्डे लाई राइज योर भ्वाइसको उपाधि जित्न सफल भइ रिडिको गौरव बढाएको भन्दै सम्मान समेत गरेको थियो। त्यस्तै रिडिका पहिरो पिडिहरुको राहत उपलब्ध गराउनका लागि संस्थामा आवद्ध सदस्य तथा शुभचिन्तकहरु द्वारा सहयोग रकम संकलन गरि राहत बितरणको ब्यबस्था गरेको छ।

यसका अतिरिक्त संस्थाले महिला दिदी बहिनिहरुको आपसी भेटघाट तथा दुख सुख सट्नका लागि गत वर्षको तिजको अबसरमा तिज मिलन कार्यक्रमको आयोजना गरि आपसि हार्दिकता साटासाट गरेका थिए।

राधा ज्ञवालीको अध्यक्षतामा गठित १३ सदस संस्थाको पधिकारिहरु यस प्रकार रहेको छ:

अध्यक्ष – राधा ज्ञवालि

उपाध्यक्ष – शान्ती शर्मा

सचीव – जमुना सुबेद

कोषाधक्ष – अनुपमा श्रेष्ठ

सह सचिव – रमा पान्डे

सदस्यहरु

भोज कुमारी ज्ञवालि

कुशुम पौडेल

अम्बिका खनाल

एमुना श्रेष्ठ

ईरा श्रेष्ठ

कल्पाना ज्ञवाली

शिरा शर्मा

देबि पान्डे

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ