राजधानीमा जिल्लाको गौरव बढाउँदै गुल्मेली चेली

गुल्मीलाई माया गर्ने आदर्श राष्ट्रसेवक लक्ष्मी

माधव अधिकारी | काठमाडौँ
गुल्मी जिल्लाको धुर्कोटमा जन्मिएकी एक चेलीले काठमाडौँमा निजामती सेवामा उत्कृष्ट कार्य गरेर जिल्लाकै गौरव बढाएकी छिन् ।अमरपुर स्थायी घर भएकी नेपाल सरकारकी उपसचिव लक्ष्मी पाण्डेय गौतमले निजामती सेवामा उत्कृष्ट कार्य गरेर जिल्लाकै गौरव बढाएकी हुन् ।
नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मंसिर १६ गते घोषणा भएको काठमाडौँस्थित नागार्जुन नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा लक्ष्मी पाण्डेय गौतम आउनुभन्दा पहिले नगरका लागि आवश्यक न्यूनतम पूर्वाधार पनि थिएनन्।श्रोत साधनको सदुपयोग गरी नगरलाई समृद्ध बनाउनेतर्फ खासै काम हुन सकेको थिएन ।नगरपालिका नै महानगरमा गाभिने हल्ला समेत चलेको थियो त्यतिबेला  जनप्रतिनिधिविहीन अवस्थामा उनले नगर प्रमुख समेतको जिम्मेवारी सम्हालिन् । २०७३ चैत्र ७ गते उनी आएपछि कार्यालयको कामकाज क्रमिक रुपमा ब्यवस्थित हुनथाल्यो ।वडा कार्यालयहरु थप गरिए र डिजिटलाइज्ड गरी सेवा प्रवाह छिटो छरितो बनाउने प्रक्रियाको थालनी गरियो ।नगरको समग्र विकासमा योगदान पु¥याएवापत उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । परिवर्तन आएको छ ।नगरका लागि उनको कार्यकाल प्राचीन हिन्दू धर्मशास्त्रमा वर्णित धनकी देवी लक्ष्मीको आगमन भएझैँ महसुस भएको छ ।नगरले यस अवधिमा समृद्धितर्फ पाइला चालेको छ ।स्थानीय तह निर्वाचन स्वच्छ,निष्पक्ष र मर्या्दित वातावरणमा सम्पन्न भयो,जनप्रतिनिधि आए ।तिनलाई सही मार्गदर्शन दिइरहेकी छन् उनले ।जनप्रतिनिधिमा देखिने शासन सञ्चालन सम्बन्धी अस्पष्टता,द्विविधा र कठिनाई उनले समाधान गरिदिन्छन् ।
मृदुभाषी,सरल,सहज ,इमान्दार,प्रतिभाशाली,प्रखर तार्किक बौद्धिक क्षमतायुक्त र नियममा अडिग रहने गौतम सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गर्छिन् ।उनको हृदय र मनबीच साम्यता छ ।उनमा प्रज्ञा र करुणाको सम्मिश्रण पाइन्छ ।उनको बोली जत्ति मीठो छ,व्यवहार पनि त्यत्तिकै राम्रो छ। नियमविपरीत काम हुन नदिन अडान लिने उनी नियमानुसार गर्न मिल्ने कामका लागि कहिल्यै नाइँनास्ति गर्दिनन् ।एउटा कुशल प्रशासकमा हुनुपर्ने सबै गुण छन् उनमा।उनको कार्यकुशलताबाट सेवाग्राहीमात्र होइन कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिहरु पनि उत्तिकै प्रभावित छन् । कतिपय सरकारी कर्मचारीमा अनियमितता गरेर कमाउनुपर्छ भन्ने भावना हुन्छ तर गौतमले भने निःस्वार्थ ढंगले नियमानुसार पाउने तलबमात्र लिएर उत्कृष्ट सेवा गरिरहेकी छन् ।उनले उल्टो आफ्नै तलबबाट विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्दै
आएकी छन् ।प्रमुख प्रशासकीय अधिकृतको गरिमामय पदलाई उनले जागिर होइन,नागरिकको सेवा गर्ने अवसरका रुपमा लिएकी छन् ।आफ्नो जिम्मेवारीप्रति समर्पणको भाव छ ।शनिबार,बिदाको दिनमा पनि उनी नगरक्षेत्रमा आयोजना हुने कार्यक्रममा व्यस्त हुन्छिन् ।कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेकले निर्णय लिनु उनका विशेषता
हुन् । नेपालको सन्दर्भमा महिलालाई निजामती सेवाको उच्च पदमा पुग्न निश्चय पनि सहज हुँदैन ।संघर्ष गरेर उनी मर्यादाक्रमको बाइसौँ स्थानमा पुगेकी हुन् ।तर उनमा कुनै दम्भ,अहंकारको नामोनिशान भेटिँदैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वकी धनी गौतमको आदर्श ’सादा जीवन उच्च विचार’हो । यसअघि उनले साबिक कार्य्विनायक नगरपालिकाको कार्यकारी अधिकृत र तत्कालीन जिल्ला विकास समिति, अर्घाखाँचीको स्थानीय विकास अधिकारी भएर स्थानीय विकाससम्बन्धी गहन अनुभव संगालिसकेकी छन् । गौतम आफू जन्मेहुर्केको जन्मस्थान गुल्मी जिल्लालाई अत्यन्त माया गर्छिन्। उनलाई राजधानी बसेपनि जन्मस्थानको यादले सताउँछ ।बाल्यकालमा आफू घुमेका
पाखा पखेरा,वन,भञ्ज्याड्ड,चौतारी आदिको सम्झनाले उनको हृदय भरिएको छ। गुल्मीको प्राकृतिक सौन्दर्यलाई प्रचारप्रचार गरी बढीभन्दा बढी पर्यटक भित्र्याएर जिल्लालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ