रिडिकी चेली प्रतिमा सुवेदी बनिन मिस पश्चिमाञ्चल २०१८

 

रिडि,आषाढ२०। मिस पश्चिमाञ्चल २०१८ को उपाधी गुल्मी रिडि कि चेली प्रतिमा सुबेदिले जित्न सफल भएकी छिन। हिजो बुटवलमा भएको प्रतियोगिताकी अन्तिम चरणका १५ जना प्रतिस्पर्धीहरु लाई उछिन्दै प्रतिमा मिस पश्चिमाञ्चल २०१८ हुन सफल भएकी हुन। प्रतियोगिताको विभिन्न चरणहरु पार गर्दै निर्णायक मन्डलीको मुल्यांकन तथा फेसबूकको Like भोटिङ मार्फत प्रतिमा बिजेता बन्न सफल भएकी थिइन। रिडि बाट मिस ट्यालेन्ट प्रतियोगितामा सफल हुने प्रतिमा सुवेदी पहिलो चेली हुन।

कार्यक्रम मिस्टर एण्ड मिस पश्चिमाञ्चल २०१८ भनी आयोजना गरिएको थियो। २०१८ को मिस्टर पश्चिमाञ्चल भने सागर खत्री भएका छन।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ