रिडि तिर्थाटन नेपालका रास्ट्रपतिहरुको अनिवार्य गन्तव्य बनोस।

रिडि,फाल्गुन५। नेपालको बनारस भनी परिचित रुरुक्षेत्र रिडिको बिकास र प्रबर्द्धनको लागि अब प्रत्येक रास्ट्रपतिहरुका तिर्थाटनका लागि अनिवार्य गन्तब्य बन्न जरुरी छ। धार्मिक र ऐतिहासिक रुपमा निकै महत्वोपुर्ण स्थान हुदाहुदै पनि यसको प्रबर्द्धन हुन नसक्दा रिडि क्षेत्र निकै पछि परेको छ। यसको बिकासका लागी भौतिक पुर्वाधारहरुको बिकास मात्र पर्याप्त छैन, यहाँको प्रचार प्रसार गरि संसार भरका हिन्दुहरु लाइ यहा आउने वातावरण बनाउदै देशकै नमुना धार्मिक पर्यटन स्थल बनाउन सक्ने हो भने रिडि क्षेत्रले छोटो समयमै बिकास र पर्यटनमा उल्लेख फड्को मार्न सक्ने छ।

यहाँको इतिहास हेर्ने हो भने शाह कालिन शासन अबधिमा कुनै न कुनै राजा महाराजाहरुको धार्मिक गन्तब्य बन्दै आएको थियो रिडि। नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको रिडि तिर्थाटन नियमित जस्तै नै हुने गर्दथ्यो भन्ने इतिहासहरुमा प्रसस्त उल्लेख पाइन्छ। उनले रिडिमा सत्येश्वोर महादेबको मन्दिर निर्माण गर्नुका साथै यसको बगलमा आफ्नी आमा सत्यवतिकै नाममा सत्यवती पौवा समेत बनाएका छ। जुन सम्पदाहरु अहिले पनि जिवन्त रहेको छ। नेपालका अर्का प्रधानमन्त्री तत्कालीन श्री ३ प्रधानमन्त्री जुद्ध शम्सेर राणाले त जिवनको उत्तरार्धमा कल्पवास बस्नका लागी अर्गलिमा दरवार बनाएर केहि वर्ष यहाँ जिवन ब्यतित गरेका थिए। नेपालको शाह कालिन शासनको अबधिमा हेर्ने हो भने प्रत्येक राजाहरु (राजा ज्ञानेन्द्र बाहेक) सम्पुर्ण राजाहरु तिर्थाटनका लागी रिडि आएको इतिहास पाइन्छ। यति मात्र होइन दरवारमा शाही परिवारमा कुनै पनि सदस्यको अबसान भएमा तिनिहरुको अस्तु बिसर्जनका लागि रिडि ल्याउने परम्परा हाल पनि बिद्यमान रहेको छ। यस बाट पनि पुस्टी हुने गर्दछ धार्मिक र ऐतिहासिक रुपमा यसको महत्वो कति रहेको छ भन्ने।

३ वर्ष अघि नेपालका प्रथम रास्ट्रपति रामवरण यादब बिशुद्ध रुपमा तिर्थाटनका लागी मात्र माघे संक्रान्तिको अबसर पारेर रिडि आएका थिए। त्यो बेलमा उहाँले कालीगण्डकी नदिमा पन्च स्नान गरि हृशिकेश मन्दिरमा पुजा अर्चना गर्नु भएको थियो। साथै ऋशी देव दत्तको स्मृतिमा गुल्फुले गुफा नजिक बनाइएको देव दत्त पार्कमा भ्रमण गर्नु भएको थियो। जसलाइ रास्टृय संचार माध्यमहरुले निकै प्राथमिकताका साथ समाचार सम्प्रेस गरेका थिए। उहाँले सुरुवात गर्नु भएको रिडि तिर्थाटनको परंपरा लाइ वर्तमान रास्ट्रपति बिद्या देवि भण्डारीले पनि निरन्तरता दिनु भएको छ। हिजो फाल्गुन ४ गते रास्ट्रपति भण्डारी संस्कृत तथा साधारण माबिको शतवार्षिकोत्सवको उदघाटनको क्रममा उहाँले पनि कालीगण्डकीमा पन्च स्नान गर्दै हृशिकेश मन्दिरमा पुजा अर्चना गर्नु भएको छ साथै बिद्यालयको शतवार्शिकोत्सवको उदघाटन समारोह लाइ सम्बोधन गर्ने क्रममा यस क्षेत्रको धार्मिक र ऐतिहासिक पक्षको चर्चा गर्न छुटाउनु भएन।

देशमा राजतन्त्रको अन्त्य हुदै गणतन्त्र आइसक्दा सम्म देशका रास्ट्र प्रमुखहरुको रिडि क्षेत्र महत्वोपुर्ण धार्मिक गन्तब्य बन्नु हामी रिडि वासिहरुका निकै गौरवको बिषय हो। यस्ता ब्याक्तित्वहरुको यहा हुने भ्रमणले देश तथा बिदेशमा हुने चर्चाले यसको महत्व र उचाइ बढाउने गर्दछ भने धेरै भन्दा मानिसहरु लाइ रिडि क्षेत्र जान अभिप्रेरित गर्दछ। तसर्थ रिडि क्षेत्रको बिकास र प्रबर्द्धनका लागी नेपालका प्रत्येक रास्ट्रपतिहरुको तिर्थाटनका लागी रिडि लाइ अनिवार्य गन्तब्य बनाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ