यस कारण रिडिमा पहिरो जाने निश्चित थियो :(भिडियो सहित)

रिडि,आषाढ २६। गत २५ गते राति करिब २ बजे बाट भएको अबिरल वर्षाका कारण रिडि बजारका प्रमोद श्रेष्ठ तथा डम्बर थापाको घरहरुमा ठुलो क्षति भयो। वर्षा भएको एक घण्टा पनि बित्न नपाउदै घर भन्दा माथिल्लो भागको भिर बाट ढुङ्गा र माटो सहितको लेदो भल तिब्र गतिमा बगेर घर भित्र पसे पछि ज्यान जोगाउनका लागि दुबै घरका मानिसहरु रातिको समयमा घर छाडेर भाग्न बाध्य भए। अप्रत्याशित रुपमा भल घर भित्र आउदै गरेको देखे पछि घर भित्रका महत्त्वपूर्ण सम्पत्तिहरु समेत निकाल्न भ्याएनन दुबै परिवारले। वर्षा भइरहेको कारण धेरैले घटनाको जानकारी पाउन सकेनन भने उद्धारमा जुट्न पनि समय लाग्यो। बिहान करिब ५ बजे तिर रुरुक्षेत्र संचार सेवा मार्फत माइकिङ गर्दै उद्धारका लागि आव्हान गरियो,थियो र यस पछि स्थानियहरु उद्धारमा जुट्न थाले। यति बेला सम्म ढुङ्गा माटो सहितको लेदो भल दुई वटै घरहरु लाई पार गरेर बजारको सडकमा आइ सकेको थियो। लेदोले सडक यसरी ओगटेको थियो उद्धार कर्ताहरु सडक वार पार गर्न सकिरहेका थिएनन। पछि स्काभेटर ल्याएर हिलो माटो हटाइयो। र घर भित्र प्रवेश गरि बचेका सामानहरु निकालिएको थियो।

प्रारम्भिक क्षतिको विवरण:

घटनामा प्रमोद श्रेष्ठको घर पुर्ण रुपमा क्षति भएको छ। घरको झण्डै २ वटा तला अहिले ढुङा र माटोले पुरिएको छ। एकनाले गोठ र शौचालय भत्किएका छन। केही संख्यामा कुखुरा तथा हाँस मरेका छन। त्यसै गरि डम्बर थापाको घर आंसिक रुपमा क्षति भएको छ। उहाँको पछिल्लो पट्टिको भुइँ तले घर(पहिलेको हाइभिजन हल) आधा भन्दा बढी पुरिएको छ। संगै गोठमा रहेको ३ वटा बोका पुरिएर मरेका छन। पसलको सामानहरुमा क्षति पुगेको छ। घरका सम्पुर्ण सामानहरु पुरिएको अबस्था छ। तर भाग्य बस मानवीय क्षति भने भएन।

घटनाका कारण:

रिडि तम्घास सडक खण्ड अन्तर्गत अहिले रिडि बजारको जिरो किमि बसपार्क चोक देखि माथिल्लो रातामाटा सम्म सडक फराकिलो बनाउने काम चलिरहेको छ। यो सडक रिडि बजार भन्दा माथिल्लो भागमा रहेको डाँडामा पर्दछ। यहि सडक फराकिलो बनाउने क्रममा निस्किएको ठूलो परिमाणको माटो र ढुङ्गा लाई सडक बाट सिधै भिरमा फ्याकियो। फ्याकिएको केही दिन पछि अर्थात २५ गते राती भएको वर्षाले माटो र ढुङ्गा लेदोको रुपमा बगाएर सिधै यी दुई वटा घरमा पुर्याएपछि यस्तो क्षति हुन गएको हो। यी घर धनिहरुले निर्माणाधिन सडकको ठेकेदार तथा प्राबिधिहरु लाई संभावित घटनाको बारे जानकारी गराएका थिए। तर सुनुवाइ भएन, जसका करण यो घटना घट्न पुग्यो।

के के भए समाधानका प्रायासहरु:

घटना घटिसके पछि हिजो नै रुरु गापा, १ नम्बर वडा कार्यालयले पिडित लाई राहत दिलाउन तथा समस्या समाधानका लागि सर्व पक्षिय भेलाको आयोजना गरिएको थियो। भेलामा रुरु गापा उपाध्यक्ष, बिपद ब्यबस्थापन समितिका प्रमुख,प्रहरी, राजनैतिक दलका प्रमुखहरु, सरोकार वला ब्यक्तीहरुको भेला गराइ समाधान प्रायस खोजिएको थियो। तर उक्त भेलामा सडक निर्माण कम्पनीका ठेकेदार उपस्थित हुन नसके पछि बिना निष्कर्ष टुङियो। आज २६ गते ठेकेदार आउने र उनको उपस्थितिमा पुन बैठक गरेर निष्कर्ष पुग्ने भनिएको छ। साथै आज नै प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकाय लगायत सरोकार वला ब्यक्तिहरु घटना निरीक्षणका लागि आउने भएका छन । संभव त उहाँहरुको उपस्थितिमा घटनाको समाधानको प्रयास गरिने छ।

 

हेरौ घटनाको भिडियो:

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ