रिडिमा २७ तोला सुन बाँडियो: गोरखापत्र

रिडि, आषाढ २। रिडिमा २७ तोला सुन बाँडीएको छ ! यो खबर गोरखापत्र हो तर ७४ वर्ष अघिको। बिक्रम संवत २००१ साल माघ २४ गते मंगलबार प्रकासित गोरखापत्र यो खबर छापिएको छ। गोरखापत्रको यो एउटै अंकमा रिडिको तीन वटा समाचार प्रकासित गरेको छ। तत्कालिन राणा प्रधानमन्त्री द्वारा तुलादान गरिएको ३६ धार्नी सुन मध्ये रिडि कालिगण्डकी तटमा २७ तोला सुन आधा आधा तोलाको दरले ५४ जना गरिब दुखी ब्राह्मण लाई बाँडिएको खबरमा उल्लेख गरिएको छ। हेरौ गोरखापत्रको समाचार जस्ताको तस्तै:

रिडिमा सुन बाँडियो:

श्री ३ प्रभु बाट तुलादान गरिबक्सिएको ३६ धार्नी मध्ये २७ तोला सुन आधा आधा तोलाको दरले ५४ जना गरिब दुखी ब्राह्मण लाई बाँड्न आएका नेपाल सिंहदरवार नगदी तहबिलका ख. इन्द्रलाल मार्फत कृष्ण गण्डकी किनारमा माघ १ गते बाँडिएको हुदा श्री ३ प्रभुको जयजयकार मनाए।

गोरखापत्र सौजन्य: देव बहादुर बुढाथोकी

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ