रिडि बन्यो खुल्ला फुटबल प्रतियोगिताको च्याम्पियन।

 

रिडि, साउन२१। रिडिमा जारि खुल्ला फुटबल प्रतियोगिताको च्याम्पियन रिडि बनेको छ। आज भएको रिडि फुटबल टिम र गुल्मी युनाइटेड तम्घास बिचको प्रतियोगितामा रिडिले शुन्यको बिरुद्ध १ गोल गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो। कडा प्रतिस्पर्धाका बिच खेलको करिब अन्त्य तिर रिडिले एक गोल हाने पछि रिडिको बिजय निस्चित भएको थियो। १२ वटा समुहले भाग लिएको यस प्रतियोगिताको बिजेता बनेको रिडिले नगद २० हजार सहित ट्रफी प्राप्त गरेको छ भने उप बिजेता तम्घासले १० हजार नगद तथा ट्रफि प्राप्त गरेको छ। त्यस्तै तृतीय बन्न सफल पाल्पा ग्यालेक्सी टिमले नगद ६ हजार तथा ट्रफी प्राप्त गरेको छ।

कार्यक्रम सप्त चण्डि महिला समूह द्वारा आयोजना गरिएको थियो।प्रदेश न ५ का समाजिक बिकास मन्त्री सुदर्शन बलालको उपस्थितिमा प्रतियोगिता पश्चात औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा प्रतियोगिताका सम्पूर्ण बिजेता हरु लाई मन्त्री बलालले पुरस्कार बितरण गर्नु भएको थियो। सप्तचण्डी महिला समुहकी अध्यक्ष धना रानाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा मन्त्री सुदर्शन बलाल रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा रुरु गापा वडा न १ का वडाध्यक्ष राम लाल बिक, पुर्ब गाबिस अध्यक्ष केशर मान बजिमय, नागरिक समाजका प्रमुख गुरु प्रसाद ज्ञवाली, गुल्मी उद्योग बाणिज्य संघ, रिडि शाखाका प्रमुख सुबर्ण लाल कक्षपती, रिडि बजार ब्यबस्थापन समितिका अध्यक्ष किशोर श्ररेष्ठ  तथा चेतनशिल महिला समुहकि अध्यक्ष लगायत समाजिक ब्याक्तित्वहरु को उपस्थिती रहेको थियो।

तस्बिर सौजन्य: SK PHOTOSTUDIO

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ