विश्वकप छनोट : नेपाल पहिलो खेलमा पराजित, जिम्बावे ११६ रनले विजयी

जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ६४ रन जोड्यो।

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल पहिलो खेलमा पराजित भएको छ। शनिबार बुलावायोमा भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावले १ सय १६ रनले पराजित गरेको हो।

जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ६४ रन जोड्यो।

खेलमा नेपालका २ ब्याट्मस्यानले अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याट्सम्याद्वय आरिफ शेख र शरद भेषावकरले अर्धशतक प्रहार गरेका हुन्। आरिफले ५० रन जोडे। उनले ५९ बलमा ५ चौका प्रहार गरे।

शरद भेषावकरले ५२ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा आउट हुँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे। पारसले ३७ बल खेल्दा ८ चौका प्रहार गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए। उनले ५९ बलमा ३ चौका प्रहार गरे। नेपालका लागि रोहितकुमार पौडेलले ३० रनको योगदान गरे।  बसन्त रेग्मी २ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट १२ रन  र सन्दीप लामिछानेले नआउट ७ रनको योगदान दिए।

बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले ३ विकेट लिए भने ब्रिएन भिट्टोरीले २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोड्यो।

आइतबार भएको खेलमा जिम्बावेका लागि २ ब्याट्सम्यानले शतक प्रहार गरे। सिकान्दर राजाले १ सय २३ रन जोडे। उनले ६६ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। सिकन्दरले ब्रेन्डर टेलरसँग पाँचौ विकेटका लागि १ सय ७३ रनको साझेदारी गरेका थिए। टेलरले पनि शतक प्रहार गरे। उनले ९१ बलमा १०० रन जोडे। दुवैलाई ४९ ओभरमा सोमपाल कामीले आउट गरेका थिए।

अाक्रमक सुरुवात गरेको जिम्बावेले ७ ओभरमै ७७ रन जोडेको थियो। सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ८ ओभरको पहिलो बलमा ४१ रनमा आउट गरेपछि नेपाललाई केहि राहत मिलेको थियो। चेपासले २३ बलमा ३ चौका र ४ छक्का सहित ४१ रन जोडे।

हामिल्टन मासाकाट्जालाई बसन्त रेग्मीले १७ रनमा आउट गरे। बसन्तले महत्वपूर्ण विकेट लिने क्रममा ओपनर सोलोमन मिरेलाई आउट गरे। उनले ५२ रन जोडे। आउट हुनुअघि उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भए। ललितले क्राइग इर्भिनलाई ४२ रनमा आउट गरे।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सोमपालले ८ ओभरमा ८२ रन तथा बसन्तले १० ओभरमा ६९ रन दिए। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। कप्तान पारसले ५ ओभरमा ५७ रन खर्चिदा विकेट लिन सकेनन्।

  • नेपाल लाइभ
प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ