संगीतकार बिनोद पछाईको तिम्रा हजार गल्तीलाई बजारमा

काठमाडौं,

गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ । एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो । श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।

भिडियो:

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ