हृशिकेश मन्दिरमा जथाभावी संरचना निर्माण बिश्वो सम्पदा सुचिका लागि चुनौति बन्दै।

रिडि, साउन १०। बिश्वो सम्पदा सुचिका लागि मनोनयनमा परेको रिडिको हृशिकेश मन्दिर परिसरमा जथाभावी भौतिक संरचनाहरुको निर्माण तथा मर्मतसंभारको कार्यले संभावित बिश्व सम्पदामा सुचिकृत हुनका लागि चुनौती बन्न थालेको छ। बिक्रम संवत् १८१९ मा रणदल पाण्डे द्वारा पुरातात्त्विक शैलिमा निर्माण गरिएको यो मन्दिरमा हालैका दिनहरुमा मापदण्ड बिपरित भौतिक संरचनाको निर्माणले बिश्व सम्पदा सुचिका लागि चुनौती थपेको छ। साथै मन्दिर लाई कुरुप र साँघुरो समेत बनाएको छ।

चुनौतिका कारणहरु:

पुरातात्त्विक सम्पदा लाई चुनौती दिने गरि केही बर्ष पहिले हृशिकेश मन्दिर परिसरमा गायत्री मन्दिर निर्माण गरिएको छ। युनेस्कोले तोकेको मापदण्ड बिपरित निर्माण गरिएको यो मन्दिर छ्ड, सिमेन्ट,टायल, लगायतका सामाग्री प्रयोग गरिएको छ। साथै सम्पदा भन्दा तोकिएको निस्चित दुरिको मापदण्ड समेत तोडिएको छ। यो मन्दिर हृशिकेश मन्दिर भन्दा मात्र ३ मिटरको दुरिमा निर्माण गरिएको छ। लाखौं रुपैया खर्च गरि निर्माण गरिएको गायत्री मन्दिर बिश्वो सम्पदामा सुचिकृत भए भत्काउनु पर्ने अवस्था आउने छ। त्येसै गरि हालै निर्माण गरिएको मन्दिरको घण्ट झुण्डाइएको स्तम्भ समेत मापदण्ड बिपरित निर्माण गरिएको छ। यसले मन्दिरको स्वरुप लाइ नै कुरुप बनाएको छ। पहिले सानो आकारमा निर्माण गरिएको यो स्तम्भ अहिले अत्यन्तै भद्दा र मन्दिरको उचाइ बराबरको बनाइएको छ। काठको स्तम्भ बनाइ पुरातात्त्विक सौन्दर्य कायम राख्न पर्नेमा यसमा पनि सिमेन्ट र छडको प्रयोग गरि निर्माण गरिएको छ। शृङ्खला यतिमा मात्र सिमित छैन। मन्दिरको रंग रोगन को अवस्था समेत बेहाल रहेको। मन्दिरको मुख्य द्वारको भित्ता र पालीमा राखिएको पित्तलको पातामा इनामेक प्रयोग गरिएको छ भने जया, बिजया तथा सिंहको मुर्तिमा गोल्डेन रंगको पालिस गरिएको छ। जब कि पित्तल लाई धोइ पखालेर वा केमिकलको प्रयोग गरि चम्काउन सकिन्छ।

१८ औं शताब्दीमा निर्माण भएको हृशिकेश मन्दिर चुना, सुर्की, इट, ढुङ्गा, काठ, पित्तल लगायत स्थानीय सामग्रीहरुको प्रयोग गरि निर्माण गरिएको छ। यसको मर्मत तथा आसपासको संरचनाहरु यस्तै परंरागत सामाग्रीहरु द्वारा निर्माणका लागि युनेस्कोले निर्देश गर्ने गर्दछ। तर लापरबाही पुर्ण तरिकाले निर्माण भइरहेका संरचनाहरुले मन्दिर दिन प्रतिदिन कुरुप बन्दै छ भने मन्दिर परिसर लाई बिश्वो सम्पदा सुचिमा सुचिकृत गर्ने रिडि वासिको चाहनामा तुसारापात हुने संभावना देखिएको छ।

युनेस्कोले शताब्दी औं पूराना साँस्कृतिक तथा प्राकृति सम्पदाहरु वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहरहरु लाई बिश्वो सम्पदा सुचिमा सुचिबद्ध गर्ने गर्दछ। यो सुचिमा सुचिकृत हुनका लागि निस्चित मापदण्ड पूरा गरेको हुन पर्छ। सम्पदा क्षेत्रको निस्चित क्षेत्र भित्र नयाँ संरचना बनाउन नपाउने, बनाउनै परे संवन्धित पक्षको अनुमतिमा तोकिएको मापदण्ड पूरा गरि मात्र बनाउन सकिन्छ। यस्ता संपदा क्षेत्रमा सिमेन्ट तथा कङ्कृत लगायत आधुनिक निर्माण सामाग्रीको प्रयोग लाई पुर्ण त निशेध गरेको छ। पुरातात्त्विक संरचना निर्माणमा पुरातात्त्विक निर्माण सामाग्रीहरुको प्रयोग अनिवार्य छ।

बिश्वो सम्पदा सुचिका लागी भएको प्रयासहरु:

सन २००८ मा तत्कालीन पर्यटन मन्त्री प्रदिप ज्ञवालीको कार्यकालमा नेपाल सरकारको तर्फ बाट बिधिवतरुपमा रिडिको हृशिकेश मन्दिर सहित देश भरका १५ वटा सम्पदा/ स्थान लाई बिश्व सम्पदा सुचिमा राख्नका लागि युनेस्को लाइ आग्रह गरिएको थियो। तर युनेस्कोले यसको निर्णय अझै गरिसकेको छैन। किन गरेको छैन यो कारण भने स्पस्ट छैन। तर सरकारमा फेरि उनै मन्त्री प्रदिप ज्ञवाली पुगेका छन। भलै उनको मन्त्रालय परिवर्तन भए पनि बिगतमा आफ्नो कार्यकालमा सुरु भएको योजना पूरा गर्ने गतिलो अबसर जुरेको छ। यो अबसरको सदुपयोग गर्दै नेपाल सरकारको तर्फ बाट पुन युनेस्को लाइ घचघचाउन सक्ने हो भने बिश्व सम्पदा सुचिमा पर्न सक्ने संभावना रहेको छ।

तलको लिङ्कमा क्लिक गरि हृशिकेश मन्दिरको इतिहास पढौ:

http://rurukshetra.blogspot.com/p/blog-page_23.html?m=1

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ