होली खेल्दै हुनुहुन्छ ? छालाको क्यान्सर होला

काठमाडौं । रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ । तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ ।

 

बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ। रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन। सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खासै हानी गर्दैन ।

 

तर आजकाल बजारमा अबिरमा पनि रसायन मिसाउन थालेकाले अबिर किन्दा सावधान हुनु पर्दछ । रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ । याे खबर अाजकाे काराेबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ