३ वर्षमा मात्र १० प्रतिशत सकियो तिनमुखे पुलको काम, ठेकेदार लाई कारवाहिको प्रयास खै?

सम्झौता गरेको मिति देखि ३ वर्ष भित्रमा बनिसक्न पर्ने पुल चार वर्षमा मात्र १० प्रतिशत काम सक्ने ठेकेदार कार्वाहीको भागिदार भइसकेका छन।

रिडि, जेष्ठ १९। रिडिमा निर्माणको चरणमा रहेको नेपालकै नमुना तीन मुखे पुलको निर्माण कार्यमा चरम ढिलासुस्ती हुन थालेको छ। नयाँ बाटो, रुबिना, मना जेभी कन्ट्रक्सन तनहु द्वारा संझौता भएको मितिले तीन वर्ष भित्रमा सम्पन्न गर्ने गरि ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयामा नेपाल सरकार संग ठेक्का संझौता गरेको थियो। गत ७१ साल आषाढ १० गते संझौता भइ ७४ साल आषाढ ९ गते सम्ममा निर्माण सम्पन्न गरि सरकार लाई हस्तान्तरण गर्न पर्नेमा हाल सम्म मात्र दस प्रतिशत काम सम्पन्न भएको छ। निर्माण सुरु भएको तीन वर्ष पछि आएर गत चैत्र महिनामा पुलको जग निर्माण सम्पन्न गरेको छ। यस लगत्तै काम फेरि रोकिएको छ भने श्रमिकहरु घर फर्किएका छन। वर्षा सुरु भइसकेको छ, कालीगण्डकी र रिडि खोलाको सतह बढ्न थालेको छ, यसै कारण पनि अबको तीन देखि चार महिना काम गर्न सक्ने अवस्था रहेको छैन। गत चैत महिनामै ठेकेदार महेन्द्र अधिकारी द्वारामा रिडिमा सर्वपक्षीय भेलाको आयोजना गरि कामले अब तिब्रता पाउने साथै बर्खाको समयमा समेत काम सुचारु गरि ढिलोमा पनि २ वर्ष भित्रमा सक्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। तर प्रतिबद्धता ब्यक्त गरेको एक साता पनि बित्न नपाउदै काम स्थगित हुन पुग्यो। काम अहिले पनि रोकिएको छ। तीन वटा मुख भएका कारण देशकै नमुनाको रुपमा बन्न लागेको यो पुल ढिला सुस्ती निर्माणमा पनि नमुना बन्ने पक्का भइसकेको छ।

खै त कार्वाही ठेकेदार लाई?

गृहमन्त्री रामबहादुर थापा द्वारा गत महिना निर्माण कार्य ढिलासुस्ती गर्ने तथा लापरबाही गर्ने देश भरका ठेकेदारहरु लाई कारवाही गर्ने उदघोस गरिसकेका छन। समाचारहरुमा सुनिन आए अनुशार विभिन्न स्थानका ठेकेदारहरु लाई कार्वाही गरिसकेको तथा सुचि तयार भइरहेको छ। यसै सुचिमा तीन मुखे पुलका ठेकेदार तथा निर्माण कम्पनीको पनि नाम समाहित गरि कार्वाही गर्न जरुरी छ। सम्झौता गरेको मिति देखि ३ वर्ष भित्रमा बनिसक्न पर्ने पुल चार वर्षमा मात्र १० प्रतिशत काम सक्ने ठेकेदार कार्वाहीको भागिदार भइसकेका छन। यो हद सम्म काम ढिलासुस्ती हुँदा पनि रिडिमा भने कुनै पनि सरोकार वाला निकायले ठेकेदार लाई कार्वाहीको बिषयमा पहल नगर्नु असाध्यै दुख लाग्दो पक्ष हो। तसर्थ समयमै संबन्धित पक्ष तथा रिडि वासिले ढिलासुस्तीको संबन्धमा गृह मन्त्रालयमा जानकारी गराइ कार्वाही प्रक्रियामा जान जरुरी छ। अन्यथा यो पुल यहि रफ्तारमा बन्ने हो भने अबको दस वर्षमा पनि बन्न सम्भव देखिदैन।

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ