७४ बर्ष अघि रिडिमा हिउँ पर्दा जनजिवन कस्टर

(नोट: माथी प्रयोग गरिएको तस्बिर जुम्लाको हो, प्रतीकात्मक रुपमा यहाँ प्रयोग गरिएको छ)

रिडि, जेष्ठ३०। धेरै लाई बिश्वास नलाग्न सक्छ, रिडिमा हिउँ परेको थियो भन्दा। तर यो घटना यथार्थ हो। आज भन्दा ७४ वर्ष अघि अर्थात बिक्रम संवत २००१ साल पौष महिनामा हिउँ परेको थियो, त्यो पनि ३ देखि ४ साता सम्म। यो घटना लाइ नेपालमा प्रकासित हुने तत्कालिन अर्ध साप्ताहि गोरखापत्रले पुष्टि गरेको छ। गोरखापत्रको २००१ साल माघ २४ गते मंगलवार प्रकासित समाचारमा यो कुरा उल्लेख गरिएको छ। रुरु नेटवर्क लाई प्राप्त उक्त मितिको गोरखापत्रको क्याप्सनमा कहिले हिउँ नपर्ने ठाउँ रिडिमा पौष जस्तो ठण्डी महिनामा वर्षा हुँदा हिउँ परेको, हिमपातका कारण कयौ गोठ,कटेरा घरहरु भत्केको, रुखहरु ढलेको, डिंगा पशुचौपाया मरेको भनि उल्लेख गरिएको छ। हेरौ गोरखा पत्रको समाचार:

पानी, हिउँ, बालिनाली:

– रिडिमा पौष महिनामा बर्साद ज्यादा हुनाले पर्वततर्फ र यस इलाकामा कहिलै नपरेको ठाउँमा समेत हिउँ परि १/२/४ हप्ता सम्म उच्चा हुनगयो। कुनै ठाउँमा ता अझ सम्म पनि पग्लेको छैन। सो हिउँले गोठ कटेरा-घरहरु भत्के। रुखहरु कुनै जरै देखि र कुनै बिच बिचमा भाँचिए। डिंगा( गाई, गोरु) बोका पशुहरु पनि धेरैनै मरे।

पाल्पा बाट प्रकासित हुने तत्कालिन सत्य पत्रीकाका संपादक तथा लेखक बिनय कसजू रिडिमा हिउँ परेको संबन्ध यस्तो भन्नू हुन्छ:

रिडी वरिपरि खरका छानामा सेताम्मे हिउँ परेकाे वर्णन गरेर एक जना कविले लेखेकाे कविता मैले सुनेर कापीमा टिपेको थिएँ । सम्भवतः ती कवि थिए संस्कृतमा गण्डकी गाैरवम् काव्यका रचनाकार जसकाे नाम अहिले याद अाएन । त्यो कविता मैले थाेर्गाका नामी पण्डित त्रिलोचन पण्डितका छाेरा नारायण प्रसाद ज्ञवालीबाट रिडीमा सुनेजस्तो लाग्छ । त्रिलोचन पण्डितले जुध्दशमशेरबाट उनको पुस्तकालय, चक्ररानी पुस्तकालय बक्सिसमा पाएका थिए । अहिले नवीन श्रेष्ठको घर भएको ठाउँमा भएको इँटाको तीन तले घरमा चक्ररानी पुस्तकालको साइनबाेर्ड देखेको सम्झना छ । मसँग त्यो कविता टिपेको कापी कतै हुन सक्छ वा मैले कम्प्युटरमा सारिसकेकाे पनि हुन सक्छ । खोज्नु पर्छ । तर हिउँ परेको कुरा हावादारी कुरा हैन”।

 

समुन्द्र सतह बाट १८ सय फिटको उचाइमा रहेको रिडिमा गर्मि मौसममा अधिकतम तापक्रम ३७ डिग्री र जाडो मौसममा न्युनतम तापक्रम १५ देखि१८ डिग्री सम्म हुने गर्दछ। चारै तिर पहाड र त्यसको खोंचमा रिडि बजार रहेको हुदा यहाँ गर्मीमा अति गर्मी र जाडोमा चिसो हुने गर्द छ तर हिउँ पर्न का लागि आबश्यक शून्य डिग्रीको तापक्रम हुदैन। तसर्थ रिडिमा हिमपातको संभावना रहदैन। यो घटना रिडिमा शताब्दीऔं शताब्दीमा घटित हुने अति दुर्लभ अपवादको घटना हो।

गोरखापत्रको क्याप्सन सौजन्य : देव बाहादुर बुढाथोकी, रिडि

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ