रिडिमा मनाइयो म्ह पुजा तथा नया बर्ष

img_2499
रिडि, कार्तिक१५। नया वर्ष नेपाल संवत् ११३७ तथा म्हँ पुजाको अबसरमा आज रिडिमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। नेवा जाती व भाषा पुचको आयोजनामा गरिएको कार्यक्रममा जेस्ठ नेवा सदस्य अमृतमान बजिमय द्वारा म्हँ पुजा गरिएको थियो। पुजा सम्पन्न पश्चात् रिडि बजारमा र्याली परिक्रमा गराइएको थियो।र्यालिमा सम्पुर्ण नेवा सदस्यहरु नेवारी पोशाक पहिरिएर उपस्थित भएका थिए। र्याली सम्पन्न भए पछि सुगन्ध बिहार परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। सुबर्ण लाल कक्षपतिको सभापतित्वमा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथी केशर मान बजिमय रहनु भएको थियो भने विशेष अतिथिमा चन्द्रलाल कसजू रहनु भएको थियो।
img_2454

img_2435

img_2499

तपाईको प्रतिक्रिया दिनुहोस्