रिडि लाई केन्द्र नबनाए ससक्त आन्दोलन हुने।

img1454334399081
रिडि, कार्तिक१९। रुरु गाउँपालिकाको केन्द्र रिडि बजार लाई नबनाए रिडि वासिले ससक्त आन्दोलन गर्ने भएका छन।
हालै गरिएको स्थानीय निकायको पुनसंरचनामा रुरु गाबिस सहित रिमुवा, थानापति , ग्वादी, वलेटक्सार र वम्घा गाबिस गाभी बनाइएको गाउँपालिकाको केन्द्र वम्घाको घिउवेसी प्रस्ताव गरिए पछि रिडिमा यसको बिरोध भएको छ। गाँउपालिकाका लागि आबश्यक सम्पुर्ण पुर्बाधारहरु तथा मापदण्ड हालको रुरु गाबिसमा हुँदाहुदै पनि नियतबस बम्घाको घ्यु बेसि लाई बनाइए पछि यसको बिरोध भएको हो। यश सम्बन्ध लाई लिएर आज रिडिमा भएको सर्ब पक्षिय भेलाले बिरोध स्वरुप भोलि २० गते तम्घास गइ बिरोध गर्ने तथा धर्ना दिने कार्यक्रम तय गरेको छ। साथै उक्त कार्यक्रम बाट मागको सुनुवाइ नभए ससक्त आन्दोलनका कार्यक्रमको घोषणा गरिने समेत निर्णय गरेको छ। भेलाले भोलि बिहान ९ बजे तम्घास जानकालागि रिडि बसपार्कमा प्रत्येक घर बाट १ जना सदस्य अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्