तानसेन बतासे डाँडामा बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु ।

माघ२५,मुक्ती प्रसाद नौपाने,पाल्पा- बुटवलबाट गुल्मीको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ६९८२ नम्वरको बसले विपरित दिशाबाट आएको मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।

तानसेन–७ बतासेडाँडामा भएको दुर्घटनामा परि मोटरसाइकल चालक यम्घा–८ पाल्पाका १८ बर्षिय संगीत दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा परि मोटरसाईकल पछाडी बसेका तानसेन बडीज्ञानटोलका २० बर्षिय अमित सारु घाईते भएका छन् । उनको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ।

मंगलवार दिउसो १२ बजे लु २१ प ९२८७ नम्वरको पल्सर मोटरसाईकललाई बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट घाईते भएका दर्नालको उपचारका क्रममा मृत्यु भएको हो।

यसैबीच सोमबार राती दोभान–४ पाल्पामा भएको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो। दुर्घटनाका १६ जना घाईतेहरुको लुम्बिनि अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्