मेलमिलाप सर्वोत्तम उपाय : सरोकारवाला

टोपलाल अर्याल

गुल्मी, १२ वैशाख – जिल्लाका स्थानीय तह र सरोकारवाला ब्यक्तीहरुले समाजिक मेलमिलापलाई जोड दिने भएका छन । जिल्ला अदालतले आयोजाना गरेको अन्तरक्रियामा बोल्ने बक्ताहरुले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएकाले दुवै पक्षको जितका लागि आवश्यक रहेको औंल्याए । गुल्मी जिल्ला अदालतले बुधवार सदरमुकाम तम्घासमा स्थानीय नगरपालीका, गाउँपालीकाका एवं सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुवीच मेलमिलाप सम्बन्धी एक दिवशीय अन्र्तक्रिया गरेको छ । कार्यक्रममा अदालतमा आउने अधिकांस मुद्दाका प्रकृतिहरु हेर्दा सामाजिक सरोकारका विषयहरुमा आधारित हुने भएका कारण सामाजिक मेलमिलाप आवश्यक रहेको इस्मा गाउँपालिकाको न्यायीक समिती संयोजक बिमला खत्रीले बताइन् । अदालतमा जाने गंभिर प्रकृतिका फौजदारी मुद्दा वाहेक, सामान्यतया पारिवारिक विवाद, जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्दा, ससाना कुटपिट, लुटपिट लगायतका फौजदारी मुद्दाहरु र व्यापार व्यवसायीक प्रकृतिका कुनै पनि विवादमा, मेलमिलाप प्रक्रियाको माध्यमवाट समाधान खोज्न सकिने नागरिक समाजका अध्यक्ष पदम पान्डेयले बताए । कार्यक्रममा गुल्मी जिल्ला अदालतका जिल्ला न्यायाधिश राम प्रसाद न्यौपानेले ‘मेलमिलाप सम्बन्धी सैद्धान्तिक अवधारणा, श्रेष्तेदार कृष्णशरण लामिछानेले ‘नेपालमा मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था र अधिवक्ता विष्णुप्रसाद बलालले ‘मेलमिलापमा सरोकारवालाहरुको भुमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, वरिष्ठ अधिवक्ता कुमारशर्मा आचार्य लगायतका वक्ताहरुले मेलमिलापको मुख्य औचित्य, महत्व र त्यसका सकारात्मक पक्षहरुको वारेमा जानकारी गराएका थिए । कार्यक्रम जिल्लाका १२ वटै स्थानीय तहका न्यायीक समिती संयोजकहरु, मेलमिलाप कर्ता, अधिबक्ता, नागरिक समाज लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्