नेपाल भ्रमण बर्षको पुर्ब सन्ध्यामा रिडिमा गरियो सरसफाइ

रिडि, पौष १५। रुरुक्षेत्र गाउँपालिकाको वडा न १ को रिडि बजारमा आज बृहद सर सफाइ कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा वडा न १ को कार्यलयको मुख्य आयोजनामा स्थानिय संंघ सस्थाहरुको सहभागीतामा कार्यक्रम गरिएको वडा अध्यक्ष रामलाल बिकले बताउनु भएको छ । नेपाल सरकारले २०२० लाई प्रयाटन बर्ष मनाउने अभियान सन्चालन गरिरहेको अबस्थामा कार्यक्रम लाई सफल पार्नको आफ्नो कार्यलय बाट सहयोग पुराउने उदेश्यका साथ पहिलो चरणमा बजारलाई सफा राख्न सामुहिक सर सफाइ गरिएको अध्यक्ष बिकले बताए। भोलि बाट सुरु हुने इश्वी संवतको नया बर्षको दिन पारेर गुल्मी जिल्लाको तर्फ बाट रिडिमा भब्य कार्यक्रम गरि औपचारिक रुपमा बाजा गाजा सहित प्रर्यटन बर्षको सुभारम्भ गर्ने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्