रुरु गाँउपालिका द्वारा आजबाट रिडिमा २५ शैयाको अस्थाइ क्वारेन्टाइन सुरु



रिडि,चैत्र१४, चुडाामणि तिमल्सिना । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लगि रुरुक्षेत्र गाउँपालिकाले २५ सैयाको अस्थायी कोरेन्टाइन आज बाट रिडिमा सुरु गरेको छ। गाउँपालिका कि उपाध्यक्ष लक्ष्मी देबि पन्थको अध्यक्षता मा बसेको बैठकले निर्णय गरि २० शैयाको अस्थायी क्वारेन्टाइन रिडि माध्यमिक बिद्यालयको भवन तथा ५ सैयाको आइसोलेसन कक्ष रुरु प्राथमिक स्वास्थ केन्द्र रिडिमा स्थापना गरिएको छ। त्यसैगरी उक्त बैठकले उपाध्यक्ष पन्थको अध्यक्षतामा ७ सदसिय रुरुक्षेत्र गाउँपालिका क्वारेनटाइन ब्यबस्थापन तथा सन्चालन समिती गठन गरेको छ। जस्मा रुरु ३ का वडाध्यक्ष शेषनारायण पौडेल, रुरु ५ का वडाध्यक्ष तथा पालिका बिपद ब्यबस्थापन समितिका प्रमुख हरि ज्ञवाली, डा सुबोध ज्ञवाली, रुरु १ का वडाध्यक्ष रामलाल बिक सुरक्षा निकायका सालिक राम थापा र सदस्य सचिब पालिकाका स्वास्थ्य साखा प्रमुख छत्र बहादुर अधिकारी र प्रचार प्रचारप्रसार मा पत्रकार चुरामनी तिमिल्सिना लाई समितिमा राखिएको छ।
आज स्थापना गरिएको अस्थायी क्वारेन्टाइन कक्षको गुल्मी का प्रमुख जिल्ला अधिकारि भरत कुमार सर्मा, जनपद तथा सशस्त्र प्रहरी बल गुल्मिका प्रमुख, यसै गरि अनुसन्धान प्रमुख लगायत ले आइसुलेसन कक्ष र क्वारेन्टाइन को अबलोकन गर्नुभएको थियो। अबलोकनका क्रममा अधिकारी सर्मा ले बिरामीलाई सबै सेवा सुबिधा गाँउ पालिकाले उपलब्ध गराउन तथा आबश्यक सुबिधा सहित बिरामिलाइ निगरानिमा राख्न आग्रह गर्नुभयो। हाल सम्म रिडि हेल्थ डेस्कमा १०८२ जनाले चेक जाँच गरायको र कसैलाई पनि कुनै पनि संक्रमण खालका लक्षण नभेटियको डा सुबोध ज्ञवालीले बताउनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्