सनसिटीमा बस्ने २९६ जनाको यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।

जब सबैको रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य प्राविधिकले भने त्यसपछि परीक्षण स्थलमा केहीबेर नाचगान चल्यो । मानिसहरुले खुशीले सिठ्ठी फूके । असीम खुशी र उत्साह सुनियो अपार्टमेन्ट क्षेत्रमा । 

चैत ५ गते लण्डनाट काठमाण्डौ आएका एकैपरिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसका कारण विगत २ दिनदेखि सनसिटी अपार्टमेन्टको अवस्था त्रसित बनेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्