रिडिका होटल ब्यबसायी शैलेन्द्र दर्लामी द्वारा निशुल्क खानाको ब्यबस्था



रिडि बैशाख७। रिडिका युवा तथा होटल ब्यबसायी शैलेन्द्र दर्लामी द्वारा देशका विभिन्न स्थान बाट पैदल यात्रा गरि आफ्नो गन्तव्य तर्फ जाँदै गरेका झण्डै ७० भन्दा अधिक श्रमिक तथा गरिब ब्यक्ती हरु लाई निशुल्क खाना खुवाउनु भएको छ साथै वासको समेत ब्यबस्था गर्नु भएको छ। दाङ, रुकुम, रोल्पा,प्युठान, बुर्तिवाङ, तथा गुल्मी तिरका आर्थिक समस्यामा परि पैदल यात्रा गरि रिडि हुदै गन्तब्यमा हिडेका थकित तथा पिडित यात्रीहरु लाई निशुल्क रुपमा खाना, पानी, नास्ता तथा अवस्यक्ता अनुशार वासको ब्यबस्था गरि बिपदको समयमा उच्च मानबिय धर्म निर्वाह गरेका छ्न।

रिडिमा पहिलो पल्ट स्तरिय होटल बिहानी होटल संचालन गर्दै आउनु भएका दर्लामिले बिगतका दिनहरुमा पनि विभिन्न सामजिक सेवामा संलग्न रहदै आउनु भएको छ। यसपटक उहाँले आफ्नै होटलमा निशुल्क खाना तथा वासको ब्यबस्था गरि होटल ब्यबसाय मार्फत सामजिक दायित्व पूरा गर्नु भएको छ। लकडाउनको अबधी भर जति जना यात्रीहरु आए पनि निशुल्क खाना खुवाउने दर्लामीले बताउनु भएको छ। उहाको यो प्रयास सबैका लागि अनुकरणिय छ। यो सत प्रयासका लागि हामी उच्च सम्मन ब्यक्त गर्दछौ।

तपाईको प्रतिक्रिया दिनुहोस्