रुरु फ्रेन्ड्स क्लब, रिडि द्वारा गाँउपालिका लाई खाद्यान्न हस्तान्तरण



रिडि, बैशाख७। रुरु फ्रेन्डस क्लब रिडि द्वारा आज रुरुक्षेत्र गाँउपालिका लाई राहत बितरणका लागि खाद्य सामाग्री हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष तथा वडा न १ का वडाध्यक्ष रामलाल बिक को संयोजकत्वोमा क्लबका पदाधिकारिहरुको उपस्थितिमा ३४ हजार रुपैया बराबरको खाद्य सामाग्री आज गा.पा अध्यक्ष निलकण्ठ गौतम लाई हस्तान्तरण गरिएको हो। गाउँपालिकाको कार्यलयमा उपस्थित भइ हस्तान्तरण गरिएको उक्त राहत सामग्री गाँउपालिकाले लकडाउनका कारण पिडित भएका अति बिपन्न परिवार लाई बितरण गर्ने छ। त्यसैगरी क्लबले गत शुक्रबार रिडि हुदै विभिन्न गन्तब्यमा पैदल यात्रा गरि जाँदै गरेका एक दर्जन भन्दा बढी लाई खाना खुवाउने ब्यबस्था समेत गरेको थियो।
रुरुक्षेत्र गाउँ पालिका वडा न.१ रिडीमा २०३० मा स्थापना भएको रुरु फ्रेण्ड्स क्लबले स्थापन काल देखि विभिन्न सामाजिक काम,खेलकुद लगातका रचनात्मक कामहरु गर्दैआएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस्