स्थानियको प्रयासमा रिडिमा अलपत्र झण्डै १०० यात्रीहरुको उद्धार



रिडि, बैशाख ८। गुल्मिका विभिन्न स्थानमा कार्यरत मजदुरहरु लकडाउनका कारण अलपत्र परे पछि रिडि बाट स्थानीयको प्रयासमा तिनिहरुको उद्धार गरिएको छ। हिजो सम्ममा झन्डै सय भन्दा बढिको उद्धार गरिएको स्थानिय समाजसेवी नवराज बिकले बताउनु भएको छ। कोहलपुर, सल्यान ,बर्दिया तथा दाङ घर भएका मजदुरहरु गुल्मी जिल्लाका विभिन्न स्थान बाट घर फर्किनका लागि पैदल रिडि आइ अलपत्र परेपछी तिनिहरुको उद्धारको प्रयास गरिएको हो। यसका लागि जिल्ला प्रसासन संगको सहकार्यमा पास बनाइ मजदुरहरु लाइ बस तथा जिप मार्फत लाई उनिहरुको घर पठाइएको स्थानीय चिरिन्जिवी ज्ञवालीले बताए।


जिल्लाको मुख्य नाका भएका कारण रिडिमा अहिले विभिन्न स्थान बाट पैदल यात्री रिडि आउने गरेका छन। रिडिमा अलपत्र परेका ब्यक्तीहरु लाई ब्यक्तिगत तथा सामाजिक संघसंस्थाको पहलमा खाने तथा बस्ने ब्यबस्था समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्