रिडिमा आइसोलेसन राख्ने कार्यको स्थानिय द्वारा ससक्त प्रतिरोध



रिडि, जेष्ठ २३। रुरु गाउँपालिकाले रिडिमा आइसोलेसन वाड राख्ने प्रयास लाई स्थानिय द्वारा ससक्त प्रतिरोध गरिएको छ। रिडिको बिष्णु पञ्जरको संस्कृत माबिको भवनमा आइसोलेसन राख्ने भनिए पनि त्याहाका स्थानियहरु द्वारा त्यसको बिरोध गर्दै भवनमा तालाबन्दि गरिदिएका थिए।


यश पछि रिडिकै रातामाता स्थित संस्कृत क्याम्पसमा राख्ने निर्णय गर्दै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्त सहितको टोलि आज त्यहा जादा त्यहाका स्थानीयहरु द्वारा तिब्र बिरोध गर्दै भवनमा तालाबन्दी गरि दिएका थिए।


बिरोधकै कारण उक्त क्याम्पसको भवनमा राख्न संभव नदेखिए पछि उक्त टोलो रिडि बजारको वडा कार्यलयमा बैठक बसेको थियो। उक्त खबर बजार वासिले थाहा पाए पछि सयौको संख्यामा रिडिका स्थानीय वासिहरु भेला भइ वडा कार्यलय लाई घेरा हाली बिरोध गर्दै नारा बाजि गरेका थिए। यश पछि उपध्यक्ष सहितको टोलि बैठक स्थगित गरि फर्किएका थिए।


देशभर कोरोना संक्रमित बढदै गरेको अबस्थामा रुरु गाँउपालिकामा पनि कोरोना संक्रमित हुन सक्ने भन्दै रिडिमा आइसोलेसन राख्न गाउपालिका ले प्रयास थालेको थियो। तर यसरी विभिन्न स्थानमा कोरोना संक्रमित हुने ब्यक्ती लाई रिडिमा राख्दा स्थानिय तहमै कोरोना फैलन सक्ने भन्दै रिडि वासिले बिरोध गरेका हुन।

तपाईको प्रतिक्रिया दिनुहोस्