पाल्पाको अर्गलिमा अदभुत गुफा भेटियो।

रिडि, जेस्ठ२६। तानसेन नगरपालिकाको वडा न १४ मा अबस्थित अर्गलिमा गुफा भेटिएको छ। अर्गलिको रनुवा स्थित डाँडामा रहेको जंगलमा ४० मिटर लामो गुफा भेटिएको हो। पाठक बृन्द तर यो गुफा आज आजभोली भेटिएको भने होइन, दशकौ पहिले नै भेटिएको हो। हाल सम्म केही स्थानीय लाई मात्र जानकारी रहेको यो गुफाको बारेमा आम रुपमा कसै लाई पनि थाहा रहेको पाइएको छैन।

साबिकको अर्गली गाबिसको वडा न ३ रनुवा मा रहेको यो गुफामा पुग्न बद्रीनारायण मन्दिर बाट करिब १५ मिनटको समय लाग्ने पैदल दुरिमा उकालो चढे पछि पुग्न सकिन्छ। चारै तिर जंगल र झाडिको बिचमा रहेको यो गुफामा प्रबेश गर्न भने केही कठिन रहेको छ। गुफाको करिब २० मिटरको भाग सम्म जान केही सजिलो भए पनि त्यस पछि आउने साँघुरो दुलो बाट छिर्न केही कठिन हुन सक्छ। त्यस पछि फेरि गुफाको थप हिस्सामा पुग्न सकिन्छ। गुफा ४० मिटर भन्दा अझ लामो रहेको अनुमान गरिएको छ। गुफा भित्र प्राकृतिक रुपमै बनेको विभिन्न कलाकृतीहरु देख्न सकिन्छ। भने सयौ चमेराहरु पनि झुन्डिएको देख्न सकिन्छ। भित्र पानीको थोपाहरु पनि बर्षिरहेको छ।

स्थानिय बुढापाकाहरुले यो गुफा लाई शिद्ध गुफा भनी चिन्दछन। धेरै पहिले यहाका बुढापाकाहरुले त्यस गुफा भित्र गएर सिद्ध भगवानको स्मरण गर्दै पुजा गर्ने गरेको बताएका छन। तर अहिले त्यहा कोहि पनि जाँदैनन, गुफा भगवान भरोसामा सुरक्षित छ।

हिजोका दिनहरुमा हामी गुफाको अबलोकनका लागि देशका विभिन्न स्थानहरुमा जान्थ्यौ।तर अधिकांश लाइ आफ्नै स्थानमा यति अदभुत गुफा छ भन्ने थाहा सम्म हुन सकेन। । यसको बारेमा हाल सम्म कुनै मिडियामा आउन सक्यो न त स्थानिय वासी र स्थानिय निकायले यसको प्रचारप्रसारमा ध्यान दिन सकेको देखिन्छ।

यो गुफा रहेको स्थानको स्वामित्वो रनुवाका स्थानिय नारायण पाण्डे संग रहेको छ। अब स्थानिय निकायले संबन्धित ब्यत्ति संगको सह कार्य गरेर यश लाई सार्वजनिक सम्पतीमा रूपान्तरण गरि संरक्षण र प्रवर्द्धनमा लाग्ने हो भने अर्गली र यश आसपासको स्थानको पर्यटन प्रवर्द्धनमा महत्वोपुर्ण योगदान दिन सक्छ।

हेर्नुहोस भिडियो यो लिङ्कमा

तपाईको प्रतिक्रिया दिनुहोस्