रुरु गाउँपालिकामा पहिलोपल्ट २ जनामा कोरोना पुष्टि।


रिडि, जेठ ३१ । रुरु गाउँपालिकमा पहिलो पल्ट २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना भारतबाट आएको खुलेको छ । रुरु गा.पा वडा नं ५ का २८ र ३५ बर्षका पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। रुरुक्षेत्र गाउँपालिकाका स्वस्थ्य संयोजक छत्र बहादुर अधिकारीका अनुसार उनीहरु जेठ ९ गते भारतको मुम्बइबाट आएको र उनीहरुलाई सिधै गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सभाहलको क्वारेन्टाइनमा राखिएको थियो । जेठ २२ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपश्चात उनीहरुको आरडिटी पोजेटिभ देखिएकाले २३ गते नै उनीहरुको स्वाब संकलन गरि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशला भैरहवामा पठाएको थियो। शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुसंगै आएका अन्य २ जनाको २२ गते नै आरडिटी पोजेटिभ आएकाले होम क्वारेन्टाइनमा बस्न लगाइएको थियो । उनीहरुको कन्ट्रयाक ट्रेसिङको कार्य जारी रहेको अधिकारीले बताउनुभयो । शनिबार कोरोना संक्रमण पुष्टि भएका २ जनालाई रुरुक्षेत्र गाउँपालिकाको आइसोलेसनमा राखेर उपचार गरिने भएको छ । आजै उनीहरुलाई सभाहलको क्वारेन्टाइनबाट आइसोलेसनमा लगिने र त्यही राखेर उपचार गरिने स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्