दैनिक २५ रुपैया जम्मा गरेर रिडिका युवाहरुले खेल मैदानको मर्मत गरे।


रिडि, भाद्र२०। मर्मत संभार र संरक्षणको अभावमा रिडिको खेल मैदान खेलकुद गतिबिधिका लागि असहज भए पछि मैदानको स्थानिय युवाहरु द्वारा दैनिक पैसा संकलन गरेर मर्मत गरिएको छ। रिडि फुटबल टिमको पहलमा मर्मत गरिएको यो मैदानको आसपासमा झाडी उमृएको, पानीका कारण खाल्डा परेको कारण खेलकुद गतिबिधी गर्न असहज भए पछि डोजर लगाएर मैदान सम्याइएको छ। यसको मर्मतका लागि फुटबल टिमका युवाहरुले दैनिक २५ रुपैया संकलन गरिएको र आफ्नो शुभचिन्तकहरुको आर्थिक सहयोग र जनश्रमदान मार्फत गरिएको प्रयास कसजूले बताउनु भएको छ। यो मैदानमा फुटबल, क्रीकेट, ब्याडमिन्टन लगायतका विभिन्न खेलकुदको गतिबिधी गरिदै आएको छ। साथै यहि मैदानमै विभिन्न साँस्कृतिक, धार्मिक, सामाजिक लगायतका ठुला ठुला कार्यक्रमहरु गरिदै आएको छ। यो मैदानको निर्माण तथा स्थापना रिडिकै रुरु फ्रेन्डस क्लबले गरेको हो

तपाईको प्रतिक्रिया दिनुहोस्