रिडिमा समुदाय तहमा कोरोना संक्रमण देखिए पछि एक साताका लागि बजार शिल गरिने



रिडि, आश्विन५ । रिडि बजार क्षेत्रमा समुदाय तहमा कोरोना संक्रमण देखिन थाले पछि रुरुक्षेत्र गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शिल गर्ने निर्णय गरेको छ। कोरोनाका कारण रिडिको पुलपारी( ता.न.पा१४ को कुसेनी) मा एक जना महिलाको मृत्यु भएकोछ भने परिवारकै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै गरि आजै रिडि बजारका ७५ वर्षिय एक बृद्धम कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको लक्षण सहित स्वस्थ्य समस्या देखिए पछि हिजो नै रिडि हेल्थ सेन्टरले उहाँ लाई अन्चल अस्पताल रिफर गरेएको थियो। यी सबै संक्रमण रिडि बजार भित्रै बाट (स्थानीय संक्रमण) भएको पाइएको छ। यो घटना संगै स्थानिय वासी निकै त्रसित भएका छन। स्थिती नियन्त्रण बाहिर जाने देखिए पछि रुरु गाँउपालिकाले आजै सुचना जारी गर्दै रिडि बजारको सम्पुर्ण स्थान लाई शिल गर्दै स्थानिय लाई घर बाहिर ननिस्कन निर्देश गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस्