रुरुधार्मिक सेवा सन्चार प्राली द्वारा अर्गलिका मृगौला पिडित परिवार लाई सहयोग हस्तान्तरण



रिडि, आश्विन २२। ता.न.पा वार्ड न १४ टिपुरे निवासी मृगौला पिडित झबिन्द्रलाल पान्डे बचाउ अभियान मार्फत रुरु धार्मिक सेवा सन्चार प्रालि, रिडिले देश तथा बिदेश बाट संकलन गरेको आर्थिक सहयोग आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ। अभियानको क्रममा संकलित २ लाख ५१ हजार ९ सय ७ रुपैया आज परिवार लाई हस्तान्तरण गरिएको हो। तर मृगौला पिडित झबिन्द्र पाण्डेको गत महिना निधन भइसकेको छ। उनको निधन भएका कारण उक्त सहयोग रकम परिवारको सदस्य लाई हस्तान्तरण गरिएको संचार प्रालिका अध्यक्ष चुरामणी तिमल्सिनाले बताउनु भएको छ। पारिवारिक अबस्था निकै कमजोर रहेको पाण्डेको करिब चार महिना अघि दुबै मृगौला फेल भए पछि रुरु धार्मिक संचार प्रालिले पिडित लाई बचाउनका लागि अभियान संचालन गरि आर्थिक संकलन गरेको अध्यक्ष तिमल्सिनाले बताउनु भयो। तर पिडित झबिन्द्र पाण्डेको उपचारकै क्रममा निधन भए पछी आफुहरु निकै दुखी भएको र अभियान समेत स्थगित गरि परिवार लाई संकलित रकम हस्तान्तरण गरिएको उहाँले बताउनु भयो।

कार्यक्रम तानसेन नगर पालिका वार्ड न १४ का वार्ड अध्यक्ष कमल रानाको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रममा रुरु प्राबिका प्रधानाध्यापक भिम ढेगा, समाजसेबी दिवाकर पान्डे, जानकी पान्डे ,कृषि प्राबिधिक रमा कन्डेल, साबिक वार्ड न ९ का टोल संयोजक मीन बहादुर कुँवर, समाजसेबी तथा शिक्षा प्रेमी महानभाबहरुको सहभागीता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रानाले मिर्गौला पिडित बचाउ अभियान कार्यक्रम संचालन गरेर समाजलाई ठूलो सहयोग गरेको र मृत्यु संग लडिरहेका पिडितको लागि सामाजिक संजाल बाट आर्थिक संकलन गरि सहयोग प्रदान गरेकोमा वार्ड को तर्फबाट धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा मृतक को नमामा १ मिनेट मौन धारण गरिएको थियो।

त्यस्तै गरि अर्गलिकै ब्लड क्यान्सर पिडित ३ बर्ष कि बालिकाको परिवार लाई लण्डन स्थित दाता तथा स्थानीय अर्गली वासी बाट प्राप्त ९५ हजार १ सय ७ रुपैया पिडित परिवार लाई हस्तान्तरण गरिएको प्रालिका अध्यक्ष तिमल्सिनाले बताउनु भयो। कार्यक्रमको संचालन पत्रकार दुर्गाराज पान्डेले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्