रुरु काठमाडौ महिला मन्च द्वारा रिडिका सामाजिक संस्थाहरु लाई स्वस्थ्य सामाग्री बितरण

आश्विन२३, रिडि। रुरु काठमाडौ महिला मन्चले आज रिडीका विभिन्न सामाजिक संस्थाहरु लाई स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। संस्थाले वडा कार्यलय मार्फत रिडिमा आज एक कार्यक्रमको आयोजना गरि रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा स्वास्थ चौकी, ईलाका प्रहारी कार्यलय रिडी, वडा कार्यलय र रिडीका मजदुर संगठन लगायतलाई माक्स, सेनिटाइजर, डिटोल साबुन र गल्व्स लगायतका स्वस्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ।
विशेष कारण बस आफुहरु कार्यक्रममा आउन नसके पनि देश भर फैलदै गएको कोरोना नियन्त्रणका लागि रिडिमा सहयोग पुगोस भनेर आफुहरुले उक्त स्वास्थ्य सामाग्री पठाााएर वडा मार्फत हस्तान्तरण गरिएको रुरु काठमाडौ महिला मन्चकि अध्यक्ष तुल्सी बरालले टेेेेेेेलिफोन मार्फत बताउनु भयो।
कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, महिला समूह, युवा क्लब ,सुरक्षा निकाए ,पत्रकार, मजदुर संगठनका प्रतिनिधिहरु, समाजसेवी तथा कार्यलयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै रुरु गापा वडा न १ का वडाध्यक्ष रामलाल बिकले माइती देशमा यसरी स्वास्थ्य सामाग्रीका सामानहरु पठाउनु भएकोमा धन्यवाद ब्यक्त गर्दै यस्ता रचनात्मक कार्यहरु गर्नको लागि महिला मन्च लाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले दुखका दिनमा माइतीका चेलिहरुले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए।
रुरु काठमाडौ महिला मन्च रिडि क्षेत्र बाट काठमाडौ बिवाह तथा बसाइ सराइ गरि बसोवास गरेका महिला दिदी बहिनिहरुको संस्था हो। यश संस्था मार्फत रिडि क्षेत्रका महिला दिदिबहिनीहरु लाई एकता बद्ध गर्दै आपसी सहयोग अभिबृद्धी गर्नुका साथै विभिन्न सामाजिक गतिबिधी गर्दै आएको छ। हाल यश संस्थाकि अध्यक्ष तुलसी बराल रहनु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्