स्वर्गीय पशुपति प्रसाद अमात्यको स्मृतिमा रिडिमा शोक सभाको आयोजना: दानवीर नाम बाट सम्मान गरियो

रिडि, आश्विन३०। स्वर्गीय दानबिर पशुपति प्रसाद आमत्यको स्मृतिमा आज रिडि बजारमा शोक सभाको आयोजना गरिएको छ। उद्योग बाणिज्य संघ, रिडि शाखाको आयोजनामा उक्त शोक सभाको आयोजना गरिएको हो। गत आश्विन २२ गते ८१ वर्षको उमेरमा उपचारको क्रममा निधन हुनु भएका आमात्यको सामाजिक क्षेत्रमा पुर्याउनु भएको बिशिस्ट योगदानको कदर तथा स्मरण गर्दै शोक सभाको आयोजना गरियो। रिडिमा रहेका विभिन्न सामाजिक, राजनैतिक, धार्मिक तथा व्यावसायिक संस्थाका प्रतिनिधि तथा स्थानिय सर्वसाधारणहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा उहाले रिडिको शैक्षिक, धार्मिक, स्वस्थ्य लगायत विभिन्न क्षेत्रमा शारीरिक, भौतिक र आर्थिक रुपमा गर्नु भएको योगदानको चर्चा गर्दै उहाँको निधन प्रती शोक ब्यक्त गरिएको थियो। साथै यश दुखको घडिमा उ वा संघ, रिडि शाखाले आज एक दिन रिडि बजारका व्यावसायिक प्रतिस्ठान बन्द गर्ने भएको छ।

दानबिर पशुपती प्रसाद अमात्य नामाङ्कन:
१९९७ सालमा रिडि बजारको सामान्य परिवारमा जन्मनु भएका पशुपती प्रसाद अमात्य जिवनको अन्तिम कालखण्डमा दानबिरको पहिचान बनाएर यश धर्ती बात ब्रह्मलिन हुनु भएको छ। निकै मेहेनत र परिश्रम बाट रिडि बजारका सफल ब्यबसायी बन्नु भएका अमात्यले आफ्नो र परिवारको आर्थिक सफलता लाई परिवारमा मात्र सिमित नराखी समग्र रिडि क्षेत्रको बिकासमा आफू लाई समर्पण गर्नु भएको थियो। उहाँको व्यावसायिक क्षेत्रको अग्रसरता संगै रिडि क्षेत्रको ब्यबसायिक संगठन गर्ने अभियप्रायले अमात्यको संयोजकत्वमा गुल्मी जिल्लामै पहिलो पल्ट रिडिमा गुल्मी उद्योग बाणिज्य संघको स्थापना गर्नु भएको थियो। जसको अध्यक्ष स्व. अमात्यनै रहनु भएको थियो। पछि तम्घासका ब्यबसायी तथा उद्योगीहरुको अनुरोधमा रिडि बजारमा सिमित रहेको उद्योग बाणिज्य संघ गुल्मी उध्योग बाणिज्य संघको रुपमा सदरमुकाम तम्घासमा स्थापना गरिएको हो। जसको संस्थापक उपाध्यक्ष अमात्य रहनु भएको थियो।
उहाँ को समाज सेवाको यात्रा यतिमा मात्र सिमित नभइ रिडिका शैक्षिक, धार्मिक, खाने पानी तथा विभिन्न सामाजिक क्षेत्रमा रहेको छ। उहाँले रिडि क्षेत्रका शैक्षिक संस्थाहरु, धार्मिक मठ मन्दिर, बिहार, बृद्ध आश्रम, धर्मशाला, खाने पानी, एम्बुलेन्स लगायतका क्षेत्रमा करोडौ रुपैयाँ दान गर्नुका साथै मन्दिरहरु तथा बृद्ध आश्रमका लागि जग्गा दान पनि गरि सक्नु भएको छ। त्येसैगरि उहाले आफ्नै लगानिमा रिडिमा पशुपती धर्म शाला समेत स्थास्पना गरि संचालन गर्नु भएको छ। साथै रिडिका जनता लाई स्वस्थ्य सुबिधाका लागि रुरु फ्रेन्डस क्लब लाई एम्बुलेन्स समेत प्रदान गर्नु भएको छ। यी लगायत रिडि, बुटवल, तानसेन र दाङ लगायतका स्थानका विभिन्न धार्मिक तथा सामाजिक संस्थामा आर्थिक सहयोग गर्नु भएको छ। उहाको यश पुन्य र सहयोगि कर्मका कारण रिडिको समाजले उहाँ लाई अग्रज दान वीर समाज सेवि पशुपती प्रसाद अमात्य भनी नामाङ्कन गरि उच्च सम्मान प्रकट गरेको छ।

अब उहाको भौतिक शरीर हामी बिच नरहे पनि उहाँको योगदान र कर्म लाई रिडि वासिले शातब्दियौ काल सम्म जिबन्त राख्ने छन र रहने छ।

हाम्रो पनि भावपुर्ण श्रद्धाञ्जली दानबिर पशुपति प्रसाद अमात्य
प्रति🌷🌷🙏

तपाईको प्रतिक्रिया दिनुहोस्