गायक केशब ज्ञवालीको नयाँ गीत ‘गुल्मी रानिबासैमा’ सार्वजनिक (भिडियो सहित)

प्रदीपको पीडायुक्त अभिनय

गुल्मी, २५ कार्तिक – चर्चित सर्जक एबम गायक केशब ज्ञवालीले आफ्नो नयाँ गीत ‘गुल्मी रानिबासैमा’ लिएर सांगीतिक बजारमा उपस्थिति जनाएका छन्। मलाई बहुला नभन, जिन्दगी लगाएत दर्जनौ दोहोरी गीतमा स्वर भरेका केशवले धेरै गीत संगीतहरु श्रोता दर्शक समक्ष प्रस्तुत गरिसकेका छन्। गीत संगीत मार्फत धेरैको मन जितेका ज्ञवालीले यो गीतलाई पनि श्रोता दर्शकले पहिलेका गीतहरुलाई जस्तै मन पराइदिने अपेक्षा समेत गरेका छन्। गीतमा शब्द, संगीत र स्वर ज्ञवालीकै रहेको छ। प्रदिप कँडेलको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन पनि कँडेलले नै गरेका हुन्। गीतको भिडियोमा निर्देशक कँडेल र मनीषा ज्ञवालीको अभिनय छ। जसलाई छायांकन सुनिल बिसीले गरेका हुन्। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो।

भिडियो : ‘गुल्मी रानिबासैमा’

तपाईको प्रतिक्रिया दिनुहोस्