fbpx

गुल्मी जिल्ला समाज यूके द्वारा थानपती तथा ग्वादि अग्नि पिडितलाई आर्थिक सहयोग।

रिडि,फाल्गुन८। गत बर्ष थानपती तथा ग्वादी गाबिसमा भएको भीषण अगलागिमा परि घरवार गुमाएका परिवारहरुका लागि गुल्मी जिल्ला समाज UK ले ३०/३० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ। गुल्मी उद्योग बाणिज्य संघ रिडि शाखा द्वारा आयोजित UK समाजका प्रतिनिधिहरु संग विशेष भेटघाट कार्यक्रमको अबसरमा उक्त रकम हस्तान्तरण गरिएको हो। समाजकि जेष्ठ सदस्य राजु मल्ल ले थानपती तथा ग्वादी अग्नि पीडितहरुका प्रतिनिधिहरु लाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो। कार्यक्रममा गुल्मी जिल्ला uk समाजका अध्यक्ष राम गलामी, उपध्यक्ष राजन खरेल, महासचिब शिव भण्डारी, सल्लाहकार बिनोद ज्ञवालि तथा जेनि भट्टराईको उपस्थिती रहेको थियो। कार्यक्रम गुल्मी उ वा सं रिडि शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपतिको सभापतित्वमा भएको थियो। मन्तब्यका क्रममा अध्यक्ष कक्षपतिले गुल्मी जिल्ला uk समाजको सहयोगमा स्थापित रुरुक्षेत्र संचार सेवा लाइ लाइन गएका बेला पनि संचालन गर्नका लागि इन्भर्टर उपलब्ध गराइदिन तथा स्थाइ कोषको ब्यबस्था गरिदिन समाजका प्रतिनिधिहरु संग माग गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्